मङ्गलबार, २६ भाद्र २०८०
बर्दियाको एक बिद्यालयकी प्रधानाध्यापक घुस रकम सहित पक्राउ परेकी छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नम्वर ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रअले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइन्छ । अख्तियारलाई प्राप्त सूचनाको आधारमा, त्यस क्षेत्रमा खटिएको टोलीले प्रअलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
प्रअले १४ हजार ५ सय रुपैयाँ घुस लिएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिएका छन्। अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं