पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेटे

rambaran-yadav mohan basnet

काठमाडौँ : पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन् । उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेका थिए ।

मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए । ‘उहाँहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताउनुभयो र अस्पतालको सेवासँग सबैजना सन्तुष्ट हुनुहुन्छ’, मन्त्री बस्नतेले भने, ‘वीर अस्पताल विशिष्ट व्यक्तित्वका लागि मात्र होइन सबै सेवाग्राहीको विश्वास बढेको छ । अहिले सोहीअनुसार चाप बढेको छ । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै सबैको सरल र सहज पहुँचका लागि निरन्तर लागि परेको छ ।’

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । ‘उहाँको अवस्था स्थिर छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ’ उपकुलपति प्राडा बस्नेतले जानकारी दिए ।

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀