अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने हस्त पक्राउ

मानव तस्करी

अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने हस्त पक्राउ

२०० नेपालीलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको स्वीकार

277768961_509201357277220_1595012321994029065_n

नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई  १८ बर्षपछि प्रहरीले समाउन सफल भएको छ ।

गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत हुँदै नेपाल आउने क्रममा उनलाई भैरहवाबाट पक्राउ गरेको हो। रुकुम पूर्वको सिस्ने स्यालापाखाका ५२ वर्षीय गौतम सामान्य तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँडडुल गर्न ह्वेलचेयर चाहिने गाैतमले अपराधिक अवैध धन्दा चलाउँदै आएका छन् । गौतम रोल्पा, रुकुम र दाङका युवाहरूलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याउने धन्दाका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए।

६ जना पीडितको जाहेरी पछि उनका नेपालका एजेन्ट पोखराका कमल तामाङसहित दुईजनासमेत पक्राउ परिसकेका छन् । उनीहरूले पाँच जनाबाट दुई करोड रुपैयाँ उठाएर विभिन्न देशमा बन्धक बनाएको खुलेको छ । उनीहरूबाहेक १३ जना नेपाली अझै जाम्बियामा उनको समूहले बन्धक बनाएर राखेको छ । प्रहरीले उनीहरूको उद्धार गर्ने प्रयास गरिरहेको छ । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा हस्तले २०० नेपालीलाई अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको स्वीकार गरेका छन् ।

उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ।

गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। त्यही कारण अवैध बाटोबारे उनलाई राम्रो जानकारी मिलेको हो । प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए। त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सस पुगेका थिए। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उनीहरूसँगकै संगतले पछि अवैध तरिकाले पुनः मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उनले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। उनी २००५ देखि नै मानव तस्करीमा लागेको एसएसपी श्रेष्ठको दाबी छ । त्यतिबेला देखिनै  गौतमविरुद्ध प्रहरी कार्यालयहरूमा मानव तस्करी आरोपमा उजुरी परेका थिए ।  २००५ देखि नै उनी नेपाल आउन छाडेका थिए ।

गौतमले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ।  उनले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀