काठमाडौ । सुन तस्करी प्रकरणमा संलग्न देखिएकाहरुलाई नेपाल प्रहरीको सीआईबीले सोधपुछ तथा अनुसन्धान जारी राखेको छ । केहीदिन अघि पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई अनुसन्धानका लागि सोधपुछ गरेको थियो ।
यसैक्रममा सुन तस्करी प्रकरणमा संलग्न गिरोहसँग सम्पर्क रहेको देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ । सुन तस्करीमा संलग्न भनिएका चिनिया मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्बन्ध रहेको सार्वजनिक रुपमा नै देखिएपछि प्रहरीले सोधपुछ गरेको हो ।
दावा छिरिङसँग दिपेशको व्यापारिक साझेदारी रहेको दाबी गरिन्छ । यसअघिनै सुन प्रकरणमा मुछिएका छिरिङ सहित चिनियाँ टोलिलाई लिएर दिपेश गोसाइँकुण्ड सम्मको हवाई यात्रामा गएको सार्वजनिक नै भईसकेको छ । सुन प्रकरणमा थुनामा रहेका पूर्व सभामुख महराका छोरा राहुल महरा, पूर्व उपराष्ट्रपतिका छोरा दिपेश र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाका बीच व्यावसायिक साझेदारी सम्बन्ध रहेको बताइन्छ । बादलका छोरा प्रतिक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि, फरार छन्। प्रतिक थापा अहिले देश बाहिर रहेको प्रहरी उच्च श्रोतको दावी छ ।
राहुल महरा माओवादीको युवा संगठन वाइसिएलका उपमहासचिव हुन, भने दिपेश विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव छन् । पूर्व सभामुख महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट प्रकाउ गरेको थियो। तर सामाजिक संजालमा भने सीआईबीलाई सघाउन आफै प्रहरी समक्ष पुगिएको दावी समेत गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा फरार रहेका प्रतिकको ६० किलो सुन भित्र्याउने समूहसँग निकट रहेको र यसअघि पनि तीनै नेतापुत्रहरूले गिरोहसँग मिलेर सुन भित्र्याएको तथ्य सिआइबीले फेला पारि सकेको छ ।
भर्खरै
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
प्रवासी नेपालीहरुले एक स्वरमा भने, हामी नागरिकताको निरन्तरताका लागि लडिरहनेछौं
चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
उपसभामुख विरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं