१५ करोड लागतमा पोखराका चोक तथा सडकमा आधुनिक प्रविधिजडित बत्ती

उज्यालो पोखरा

१५ करोड लागतमा पोखराका चोक तथा सडकमा आधुनिक प्रविधिजडित बत्ती

highmast-light-pokhara-1693761103

पोखराका चोकहरू अब रातमा पनि उज्याला भएका छन्। पोखराका २३ वटा मुख्य चोकमा आधुनिक प्रविधिजडित हाइमास्ट लाइट राखिएको छ। यिनमा आवश्यकताअनुसार कम र बढी उज्यालो दिन सक्ने प्रविधि पनि जडान गरिएको हाइमास्ट लाइट जडान आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए।

रिजालका अनुसार बत्ती बिग्रिएको वा नबलेको जानकारी मोबाइलमा आउनेछ। त्यसैले तत्काल मर्मतसम्भार गर्न मद्दत हुनेछ। ६ मिटर अग्लो पोलमा बल्ने यी बत्तीले अहिले सडकमा भएको सामान्य बत्तीले भन्दा धेरै उज्यालो दिन्छ।

‘बल्ब ५० हजार घन्टा निरन्तर बल्न सक्ने, पाँच वर्षको ग्यारेन्टी कम्पनीले दिएको छ,’ रिजालले भने, ‘हामीले फिलिप्स कम्पनीको हाइमास्ट लाइट भारतबाट ल्याएर जडान गरेका हौं। बत्ती बिग्रिँदा वा मर्मतका लागि ठेकेदार कम्पनीले ५ वर्षसम्म हेर्ने गरी सम्झौता गरिएको छ।’

लाइट आफैं बल्ने र निभ्ने बनाउन स्वचालित प्रणाली जडान गरिएको छ। सूर्योदय र सूर्यास्तको समय मिलाएर उक्त प्रणाली राखेको उनले बताए। सूर्यास्त भएपछि आफैं बल्छ र सूर्योदय भएपछि निभ्छ।

पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले उक्त बत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेका थिए। प्राधिकरण र पोखरा महानगरको आधा आधा लगानीमा बत्ती जडान गरिएको हो।

लाइट राख्न चार सय ३९ वटा नयाँ पोल गाडिएका छन्। २३ मुख्य चोकमा राखिएका यी बत्तीले ६० किलोमिटर क्षेत्रमा उज्यालो दिने रिजालले बताए। कुल २ हजार ७ वटा बल्ब छन्। यसको लागत १४ करोड ६५ लाख रूपैयाँ छ।

बत्ती जडानको ठेक्का लिएको टपसन इनर्जी प्रालिका निर्देशक किरण गौतमले सम्झौताअनुसार आगामी पाँच वर्ष मर्मतसम्भारको काम गर्ने प्रतिबद्धता जनाए। पोखरामा धेरै पानी र चट्याङ पर्ने भएकाले बिग्रिने सम्भावना अत्यधिक रहेको भन्दै उनले तत्काल मर्मतसम्भार गर्न आफ्नो कम्पनी अग्रसर भएको बताए।

बत्ती जडान सकिएपछि प्राधिकरणका निर्देशक कुलमान घिसिङले स्थानीय व्यवस्थापनको जिम्मा पोखरा महानगरलाई हस्तान्तरण गरेका छन्। आइतबार साँझ घिसिङले पोखराका मेयर धनराज आचार्यलाई उक्त आयोजना हस्तान्तरण गरेका हुन्।

मुख्य चोकहरूमा धेरै उज्यालो दिने बत्ती जडान भएपछि शान्ति-सुरक्षा कायम राख्न सजिलो पर्ने कास्कीका सिडिओ वासुदेव घिमिरेले बताए। बाँकी चोकहरूमा पनि यस्तै बत्ती जडान गरिनुपर्ने उनले बताए।

पोखराका मेयर आचार्यले अरू ठाउँमा पनि यस्तै बत्ती राख्न बजेट छुट्याएको बताए। पृथ्वी राजमार्गको पोखरा खण्ड, सहरका अन्य चोक र ग्रामीण भेगमा समेत हाइमास्ट बत्ती पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ।

‘यत्तिले मात्र उज्यालो पोखरा बनाउने अभियान पूरा हुँदैन,’ उनले भने, ‘अरू ठाउँमा पनि यस्तै बत्ती राख्न प्राधिकरणसँग सम्झौता चरणमा छौं।’

पोखरा महानगर ललितपुरभन्दा १४ गुणा र काठमाडौंभन्दा १० गुणा ठूलो रहेको भन्दै उनले ठूलो भूगोललाई उज्यालो राख्नु चुनौतीपूर्ण रहेको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ललितपुर उपमहानगरबाट देशका सबै सहरमा उज्यालो अभियान चलाएको बताए। ललितपुरका मेयर चिरिबाबु महर्जनले बजेट विनियोजन गरेर स्मार्ट सडक बत्ती राख्न अनुरोध गरेको र त्यसपछि प्राधिकरणले उज्यालो सहरको कार्यक्रम ल्याएको उनले जानकारी दिए।

‘ललितपुरले आफ्नै खर्चमा यस्तो लाइट राखेको थियो। त्यसपछि प्राधिकरणको बोर्डले स्थानीय तहसँग मिलेर उज्यालो सहर कार्यक्रम ल्यायो,’ उनले भने, ‘अहिले हामी गाउँपालिकासँग पनि साझेदारीमा यो कार्यक्रम गरेका छौं, देशभर सफल भइराखेको छ।’

प्राधिकरणले लोडसेडिङ अन्त्य घोषणा गर्दा ग्रामीण भेगमा बिजुली नै नपुगेको भन्दै उनले अहिले देशको ९८ प्रतिशत घर विद्युतीकरण भइसकेको बताए। अब छिट्टै शतप्रतिशत नेपालीका घरमा बिजुली पुर्‍याउने योजना रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀