अमेरिका । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६० किलो सुन तस्करीसँग जोडेर आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गरेका छन् । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगेको भनि प्रकाशित समाचारको खण्डन गर्दै खनालले समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण रहेको दावी गरेका छन् ।
हाल अमेरिकामा रहेका पूर्व महानिरिक्षक खनालले सामाजिक संजाल फेसबकुमा स्टाट्स लेख्दै भनेका छन्, म व्यक्तिगत र पारिवारिक कामको शिलशिलामा केही दिनका लागि अमेरिका भ्रमणमा छु यही बेला मेरो चरित्र हत्या गर्ने उदेश्यले समाचार प्रकाशित भएको छ, त्यो समाचार कपोलकल्पित, भ्रमपूर्ण, झुट्टा र बेइमानी पूर्ण भएकोले त्यसका विरुद्ध कानुनी कारबाहीका लागि अगाडि बढ्ने छु ।
उनले आफ्ना शुभचिन्तक, पार्टी पङ्तीलाई सम्बोधन गर्दै भ्रममा नपर्न भनेका छन् । पूर्व महानिरिक्षक खनालले अमेरिकाबाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार समाचार प्रकाशित गर्ने अनलाइनलाई कानुनी दायरामा ल्याउने र नेपाल फर्कना साथ कारवाहीका लागि अघि बढ्ने जानकारी गराएका छन् ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल भनेर काठमाण्डौं टुडेले समाचार छापेको थियो ।
खनालले आफुले कुनै गैरकानुनी काम नगरेको र यदि कहीँ कतैबाट त्यस्तो प्रमाणित भएमा देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार रहेको लेखेका छन् । खनालले जथाभाबी नलेख्न, चरित्र हत्या नगर्न चेतावनी दिँदै उक्त समाचारको खण्डन प्रकाशित गर्न अनुरोध गरेका छन् । पूर्व प्रहरी प्रमुख तथा एमाले नेता खनालले भने,– ‘मेरो जीवनकालमा, मैले प्रहरी सेवामा प्रवेश गरे देखी प्रहरी महानिरीक्षक बनेर काम गर्दा सम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुने गरी कुनै काम गर्दा पनि गरिन, र गर्न पनि दिइन् । त्यसै कारण गैरकानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे ।’
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं