कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्नलाई केमियो इन्टरनेशनलले नेपाली बजारमा ल्याएको हो

FB & DARAZ BANNER_page-0007

काठमाण्डौं । कोर्न नेपाली बजारका लागि पुराना नाम होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित गराउन कोशिस गरिरहेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभ लाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । चीनको मोबाईल एक्सेसोरीज निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई केमियो इन्टरनेशनलले नेपाली बजारमा ल्याएको हो ।

कोर्नको सफलताका पछाडी मुख्य तिन कारणहरु रहेका छन् । यसका उत्पादनमा निहित गुणस्तरीयता, विक्री पश्चातको सेवामा कम्पनी तथा आयातकर्ताको तादरुकता र प्रतिस्पर्धी मूल्य निर्धारण । कोर्नका उत्पादनको गुणस्तरीयताको प्रत्याभूतीका लागि कोर्नले आफ्ना हरेक उत्पादनमा एक बर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने, प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नको युएसपी नै हो । आफ्ना हरेक उत्पादनको प्रतिस्पर्धी मूल्य कायम गर्नमा निकै सजकता अपनाउने कोर्नले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिंदै आएको छ भने आयातकर्ता केमियोले पनि आफ्नो मूनाफामै सम्झौता गरेर भएपनि सुलभ मूल्य कायम गर्दै आएको छ । विक्री पश्चातको सेवाका क्षेत्रमा कोर्नले देखाएको तादरुकताको जति प्रसंसा गरेपनि कमै हुन्छ । सानो आकारको बजारका बाबजुत कोर्नले नेपाली बजारमा डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा रिसिभ भएर समस्या समाधान नभए रिप्लेसमेन्टनै दिने नीति लिएको छ ।

कोर्नको नेपाली बजारमा प्राप्त सफलताको अर्को महत्वपूर्ण यसको प्रडक्ट डिजाईन र यसले कायम गरेको प्रोडक्ट लाईफसाईकल हो । इनोभेटिभ डिजाईन र फिचरका उत्पादन बजारमा ल्याउने मात्र होईन त्यसलाई निरन्तर अपडेट र परिमार्जन गर्दै जानुले पनि कोर्नका उत्पादहरु डिजाईनका हिसावले फ्रेस र अपडेटेड रहने गरेका छन् । आफ्नो पछिल्लो उत्पादनको रुपमा कोर्नले स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । एप्पल वाच अल्ट्राको डिजाईन बाट इन्सपायर्ड यो युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ । आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्ट कहिं कतै सम्झौता गरिएको छैन । मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्ले को प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत सक्षमता राख्छ ।

उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ आईपी सिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ । ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोल जस्ता विशेषताहरुले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ठ र इन्डिपेन्डेन्ट ग्याजेटको रुपमा प्रयोग गर्न सकिने देखिन्छ ।

यो स्मार्ट वाचमा ३०० मिलिएम्पियरको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्छ भने वायरलेस चाजिङ्ग तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ । यसरी पछिल्ला पुस्ताका विशेषताहरु समावेश गरिएको स्मार्टवाचको प्रवेश सँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप बृद्धि हुनेमा निश्चिन्त रहेको कोर्नका आयातकर्ता केमियो इन्टरनेशनल प्रालिका अध्यक्ष उपेन्द्र साहले जानकारी दिएका छन् । यो स्मार्ट वाचको अधिकतम खुद्रा विक्री मूल्य रुपैंया सात हजार पाँच सय तोकिएको छ भने यसमा एक बर्षको वारेन्टी प्रदान गरिएको छ ।

कोर्नले स्मार्टवाचको एक्सक्लुसिभ लन्च अगष्ट २९ मा अनलाईन सेल्स पोर्टल दराज डट कम मार्फत लन्च गर्ने भएको हो । कोर्नको आधिकारीक विक्रेता केमियो र दराज विच नेपाली बजारमा स्मार्टवाच तथा मोबाईल एक्सेसोरीज विक्री वितरणका लागि लामो समयदेखि सहकार्य हुँदै आएकोमा यस पटक स्मार्ट वाचलाई विशेष अफरहरु सहित बजारमा ल्याउने भएको हो । एक्स्कुलसिभ लन्चमा सहभागि मध्ये पहिला २० ग्राहकले जम्मा चार हजार नौ सय उनान्सय रुपैंयामा स्मार्टवाच प्राप्त गर्ने छन् भने, थप ८० ग्राहकहरुले पाँच हजार ९ सय उनान्सयमा स्मार्टवाच किन्न सक्नेछन् । दराजमा स्मार्टवाच सात हजार चार सय उनान्सय रुपैंयामा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरुमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरु समेत प्रयोग गरि थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀