काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशैभरी डेङ्गुको संक्रमण बढ्दै गएपछि अस्पतालहरुलाई उपचार प्रभावकारी बनाउन निर्देशन गरेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका संक्रमण बढिरहेको र उपचारमा समस्या हुन सक्ने भएकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न, उपचार प्रभावकारी बनाउन र उच्च सर्तकता अपनाउन निर्देशन दिएका हुन ।
निर्देशक मरासिनीले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिएका छन् । अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा संक्रमण देखिएको छ। हालसम्म ७५ जिल्लामा संक्रमण फैलिएको र अहिलेसम्म १० जनाको निधन भइसकेको स्वास्थ्य मन्त्रालयको भनाई छ।
सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ। सुनसरी जिल्लामा मात्रै कूल संक्रमित ५२ दशमलव दुई प्रतिशत रहेका छन्। महाशाखाका निर्देशक डा. मरासिनीले डेङ्गु रोगको सही निदान र उपचार व्यवस्थापन गर्न समेत अस्पताललाई निर्देशन दिएका छन।
अस्पताललाई भनिएको छ, डेङ्गु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेङ्गु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्नुपर्नेछ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गु संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुन सक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। त्यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ।
भर्खरै
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं