काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरप्रमुख निर्वाचित भएसँगै काठमाण्डौं बासी मात्रै नभई देशैभरी आम जनतामा आशाको संचार भयो । पढे लेखेको एक युवा, सँगै केही गर्ने जोश भएको युवा शाह महानगर प्रमुख निर्वाचित भएसँगै उनले नगरप्रमुखले कसरी काम गर्नु पर्दछ भन्ने सन्देश समेत दिएका छन् ।
शुरुवाती दिनहरुमै नगरप्रमुख शाहले बाटो चक्लाउने देखी ढल व्यवस्थापनमा उलेख्य काम गर्ने कोशिस गरे । उनले काठमाण्डौंको फोहोर व्यवस्थापन गर्नका लागि भने जसरी काम गर्नुपर्ने थियो त्यो स्प्रिडमा काम भने गरेको देखिन्न् ।
यद्यपी महानगर प्रमुख शाहले गरेको कामबाट सामान्य मानिस खुसी छन् । अब काठमाण्डौंमा ब्यापक सुधार हुनेमा समेत विश्वस्त छन् । आम मान्छेमा आशाको संचार हुनु आफैमा सकारात्मक सुरुवात हो भन्न सकिन्छ । अहिले नगरप्रमुख शाहको कार्यशैलीबाट काठमाण्डौंमा ट्याक्सी चलाएर गुजारा गरिरहेका आम मानिसले समेत देशको राजधानी अब आर्थिक केन्द्र बन्न सक्नेमा आशावादी छन् । यस्तै राजनीतिक दलका नेताहरुमा समेत सायद चेत पसेको हुनु पर्दछ ।
राजनीतिक दलका नेता तथा तिनका कार्यकर्तालाई समेत शाहले एउटा मेयरले के सम्म गर्न सक्छ, या मेयर चाहेमा के कस्ता परिर्वतन नगरमा ल्याउन सक्छ भन्ने सिकाएका छन् । देशभरीका नगरप्रमुखहरुमा काठमाण्डौं प्रमुखले जस्तै काम गर्नुपर्ने दबाव समेत बढेको हुनु पर्दछ । हाल काठमाण्डौं प्रमुख शाहले गरेको कामबाट प्रभावित भएर उनि भोलीको सक्रिय राजनीतिमा आउने आशा समेत जनतामा जाग्नु आफैमा सकारात्मक पक्ष हो । अहिले स्थापित भनिएका दलहरुबाट जनता भने दिक्क भएका छन् ।
ठूलठूला भ्रष्टाचारको काण्डमा राजनीतिक दलका कार्यकर्ता तथा नेताहरुको नाम जोडिनु अनि कारवाहीका लागि पहल समेत नहुनुले पनि दलहरुप्रति थप आशंका जागेको हुनु पर्दछ । यस्तै परिपेक्षमा शाहले जसरी काठमाण्डौं प्रमुख भएर काम गरिरहेका छन्, त्यसले पक्कै सकारात्मक आशा जगाएको हुनु पर्दछ ।
अहिले जनताले नगरप्रमुख शाह अब हुने चुनावमा राजनीतिक दल खोलेर बैकल्पिक राजनीतिक दलका रुपमा अगाडि आउनुपर्ने माग राखिरहेका छन् । यसरी हेर्दा काठमाण्डौं नगरप्रमुख शाह राजनीतिको नयाँ मोडका लागि सहि समयको पखाईमा रहेका हुन कि भन्ने पनि बुझ्न सकिन्छ ।
भर्खरै
इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
हामी आयौँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं