काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाले अर्थतन्त्रमा क्रमशः सुधार आईरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले भने, रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऔँ ।”
उद्योगी तथा व्यवसायीहरु सँगको भेटमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउन आफुले दैनिक काम गरिरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले भने, उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गर्ने गरी काम गरिरहेको छु ।
उद्योगी व्यवसायीका छाता संगठनका पदाधिकारीसँग आयोजित छलफलमा प्रधानमन्त्री दाहालले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले व्यवसायीहरुलाई विश्वासमा लिएको जानकारी दिए ।
अध्यक्ष ढकालले भने, आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जान्छ भन्नु भएको छ, साथै अर्थतन्त्र चलायमान गराउन सरकार गम्भिर रहेको छ भन्ने मैले बुझेँ । ढकालका अनुसार नीजि क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै, प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने जानकारी दिएका छन् ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अङ्गले सरकारलाई साथ दिनुपर्ने बताए । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ लगायत सहभागि थिए ।
यता सरकारका तर्फबाट प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल लगायत सहभागि थिए ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं