प्राप्त लोकतन्त्रिक गणतन्त्रको रक्षा र नागरिकको अधिकारमा संचारजगतले आज सम्म खेलेको भूमिका प्रशंसा योग्य छ । तर लोकतन्त्रको सामान्य मुल्य र मान्यता अन्तर्गत पर्ने वाक स्वतन्त्रतामा कहिले काहीँ प्रश्न चिन्ह खडा हुने गरेका छन् । सरकारले निमार्ण गरेका राज्य संरचनाहरुले सहि ढंगले काम नगर्दा होस, या राज्य परिर्वतनका लागि स्थापित दलहरुका कारण वाक स्वतन्त्रता माथी प्रश्न चिन्ह खडा हुने गरेका थुप्रै उदाहरण हामीसँग छन् । यसो त संचारजगत अछुतो छ भन्ने पनि होईन, हाम्रै कारणले पनि वाक स्वतन्त्रता माथी गम्भीर प्रश्नहरु खडा भएका छन् ।
हिजो राज्य सत्ता परिर्वतनका खातिर लडेका राजनीतिक दल र तिनका नेता कार्यकर्ताका कारण धेरै पटक संचारजगत सिकार हुनु परेका उदाहरण हामीसँग छन् । हाम्रा अग्रज पत्रकार तथा संचारकर्मीहरु राज्य सत्ताको बलमा मारिएका, कुटपिट, थुनामा परेका तथा मानसिक यातना भोग्नु परेको छ । सँधैको प्रतिपक्ष भनेर चिनिने क्षेत्र हो, संचार जगत । हिजो, आज र भोलीको पनि दह्रो प्रतिपक्ष भनेको पत्रकारिता, संचारक्षेत्रनै हो ।
बदलिँदो समाजमा हामीले खोजेको न्याय, स्वतन्त्रता, स्वाधिन राज्य अनि बिकाशिल देशको यात्रामा सिँगो समाजसँगै संचारजगत हिड्न चाहन्छ । हामी त्यसैको एउटा यात्री हौं भन्ने कुरामा हामी स्पष्ट छौं ।
अहिले समाज बिकाउ बिषय वस्तुमा बढ्ता बिकेको देखिन्छ, हामी त्यस्ता कृयाकलापमा कहिल्यै केन्द्रीत हुनेछैनौं । संचारजगतमा पनि यसको प्रभाव दैनिक बढ्दै गएको छ । चल्ने या चलाउने नाममा हामीले अनावश्यक बिषयहरुलाई प्राथमिकतामा राखेका छौं कि यो संचार क्षेत्रले आफैले आफुलाई सोध्नु पर्ने प्रश्न समेत हो । समाजले स्विकार गर्ने बिषय भन्दा पनि समाज भड्काउने अनि अश्लिल बिषयलाई समेत केही संचारमाध्यमले प्रकाशन, प्रसारण गर्दा यस्तो अवस्था सृजना भईरहेको छ भन्दा सायद फरक नर्पला ।
अहिलेको बिकसित प्रविधिले हामीलाई केही नयाँ ज्ञान पक्कै दिएको छ, सँगै यसको बिकृतिलाई पनि हामीले ध्यानमा राख्नुपर्ने हुन्छ । सोसल मिडिया बढ्ता हाबी भएको हो कि भन्ने भान हुन्छ तर सोसल मिडियाले स्थापित भनिएका या भर्खरै जन्मिदै गरेका हामी जस्ता मिडिया हाउसले समेत समयानुकुल दिन नसकेका बिषय वस्तुलाई तत्कालै सुचना दिएको पनि बुझ्नुपर्ने हुन्छ ।
हामी थपिएको एउटा संख्या मात्रै हुनेछैनौं । प्रतिवद्धता व्यक्त गर्दछौं कि, प्राप्त उपलब्धीको रक्षा गर्दै सामाजिक न्याय, मानवअधिकार र विश्व शान्ति कायम राख्न हामी प्रतिवद्ध रहनेछौं । कहिँ कतै खलल पुराउने तत्वसँग हामी सजग भएर काम गर्ने छौं । हामी पनि कानुन भन्दा बढ्ता अनुशासनको धेराले बाँधिएका हुनेछौं । समाजको बृहत्तर हित र व्यक्तिको स्वतन्त्रता हामीले सँधै ख्याल गर्नेछौं । हामीलाई नियमन गर्ने संघ सस्थाहरुको अनुशासन पनि हामीले ख्याल गर्ने छैनौं । साथै हाम्रो दायित्वलाई सँधै बोध गरेर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
हामीलाई नेपाल सरकार, सम्वद्ध सबै निकाय, राष्ट्रिय, अन्तर्राट्रिय संघ सस्था, व्यक्ति तथा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास हामीले लिएका छौं । साथै उल्लेखित सबै पक्षसँग मिलेर हामीले काम गर्नेछौं । हाम्रा पाठक, श्रोता तथा बिज्ञापन दाताहरुको समेत निरन्तर सहयोग र साथ रहने विश्वास समेत लिएका छौं ।
धन्यवाद ।
भर्खरै
इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
हामी आयौँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं