सडक लेन नजान्दा, नमान्दा

सडक लेन नजान्दा, नमान्दा

Sadak-Lane

रञ्जन अधिकारी पोखरा, ६ असोज / ‘आँच्या, न्युरोड जानुपर्ने मान्छेलाई सिर्जनाचोकतिर पो लखेट्यो । ढिला भा’बेला बर्बाद बनायो यो भाइले।’ रातो डिओ स्कुटीमा हुँईकिएकी युवती सडकमै भुत्भुताईन् । ३० वर्ष जतिकी गुरुङ थरकी ति महिलालाई सभागृहचोकमा बुधबार दिउँसो ट्राफिकले गलत साईडतर्फ स्कुटर चलाएपछि न्युरोडतिर जान दिएनन् र सिधै अगाडि जान निर्देशन दिए । त्यसपछि उनी एक्लै भुत्भुताउँदै अघि बढिन् । पृथ्वीचोकबाट न्युरोड जान उनले आफ्नो साईडको दायाँ तर्फको लेनमा चलाउनुपथ्र्यो । तर, न्युरोडतर्फबाट पृथ्वीचोक र सृजनाचोक जाने सवारी चलिरहेकाले दायाँ तर्फको लेनमा सवारी रोकिएका थिए । बायाँतर्फ खाली देख्दा हुँईकिएर सभागृहचोकबाट न्यूरोड मोड्न खोज्दा ट्राफिकले बाटो छेके ।

सडक लेन सम्बन्धी ज्ञान नहुँदा न्युरोड जानुपर्ने मान्छे यसरी सिर्जनाचोकतर्फ जानुप¥यो । ट्राफिकले लेन सम्बन्धी ज्ञान नभएकोलाई पहिलो पटक सम्झाउने तर विवादमा उत्रनेलाई कारवाही गर्ने गरेको बताएको छ । अटेर गर्नेलाई भने ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्छन्। ति महिलाजस्तो सबैले नजानेरै लेन अनुशासन पालना नगरेको भने होईन । कतिले बुझ पचाएरै ट्राफिकलाई अटेर गर्ने गरेको गुनासो प्रहरीको छ ।

विहीबार मात्रै ग६प १५०१ नम्बरका मोटरसाईकल चालक विमल श्रेष्ठलाई ट्राफिक ईशारा उल्लंघन गरेकै कारण १५०० को जरिवाना लगाईयो । निषेधित ठाउँमा पार्क गर्ने ग१ख ३६९९ का सुकबहादुर सुनारले १ हजार रुपैंया सजाय स्वरुप तिरे । जेब्रा क्रसिङमा रोक्ने ग१ज ४१२७ नम्बर ट्याक्सीका नरप्रसाद सुनारले ५ सय बुझाए । सवारी चलाउँदा मोबाईल फोन प्रयोग गरेको हुँदा ग१व ४०१ नम्बरका माधवराज तिमिल्सिना ५ सय जरिवानामा परे । अरुलाई खतरा हुने गरी सवारी चलाउने ग १ ज ६०७९ नम्बरका ट्याक्सी चालक अर्जुन लामा र ग १ ख ५१४३ नम्बरका ट्रक चालक झ्यामबहादुर सुनारलाई जनही १ हजार तिराएर कारबाही गरियो । यसरी सडकलेनसँगै विभिन्न तरिकाले ट्राफिक नियम उल्लंघन गर्दा चालकहरु कारबाहीमा पर्ने गरेका छन् । कारवाहीमा पर्नेमा मोटरसाईकलको संख्या नै अधिक छ ।

‘माछा जस्तो जता खाली ठाउँ उतै’ तरिकाले सवारी चलाउनेको जमात बाक्लो रहेको बताउँछन् प्रहरी सहायक निरीक्षक पूर्णबहादुर अधिकारी । ‘सडक लेन स्पष्ट छ, रेखांकन गरिएको छ ।  त्यतिले पनि भएन भनेर पृथ्वीचोक र सभागृहचोकमा कोन नै ठड्याएर डोरी लगाएर रोड डिभाईड गरिएको छ’– उनले भने– ‘लेन सम्बन्धी ज्ञान नहुनेहरुलाई हामी एकपटक सम्झाउँछौं । अधिकांश चाहिँ जानेरै नियम लत्याउन खोज्छन् ।’

सडक लेन पालना गराउन मुख्य तीन समस्या जनचेतनाको कमी, सडकको दुरावस्था र अव्यवस्थित पार्किङ नै देख्छन् ट्राफिक प्रहरी । पृथ्वीचोकबाट स्याङ्जा जाने बस छुट्ने ठाउँमा, सभागृहबाट पृथ्वीचोकसम्म जथाभावी पार्किङ हुने गरेका छन् । जसले लेन पालनामा समस्या हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । सभागृहसम्मै नगरबसले कब्जा गर्दा बायाँ साईड कब्जा गरेपछि लेन पालना गर्न कठिनाई देखिएको उनीहरुको भनाई छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । काठमाडौंमा हुने गरेका अधिकांश दुर्घटनाको मुख्य कारण नै लेन अनुशासन पालना नगर्नु रहेको प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकको बुझाई छ । दुई वर्षअघि कास्की ट्राफिकमा कार्यरत उनी त्यसपछि काठमाण्डौमा कोटेश्वर, ट्राफिक महाशाखा र स्वयम्भु क्षेत्रमा काम गरेर फेरि कास्की नै आएको १५ दिन जति मात्र भयो । ‘पोखरामा सवारीको चाप अत्यधिक भईसकेको रहेछ । पोखराको मुख्य चोक हेर्ने हो भने काठमाण्डौं भन्दा कम छैन’ – पाठकले भने– ‘सडक लेन पालना नगर्नेहरु अधिकांश छन् । सीमित संख्यामा प्रहरी तर बढ्दो सवारी चापका कारण चुनौति थपिएको छ ।’ पोखराका मुख्य मुख्य चोकहरु पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, महेन्द्रपुल र बिपी चोकलाई लेन अनुशासनतर्फ केन्द्रित गरेको उनले जनाए । सवारी ईजाजत पत्र लिँदा नियम सम्बन्धमा लिखित परीक्षा लिने कारण नै यही अनुशासनका लागि भएको भन्दै उनले पालना नगरे एकछिनको हतारोले ज्यान नै जाने खतरा रहने उल्लेख गरे । सडक रेखा सम्बन्धी ज्ञान हरेक चालकलाई हुनुपर्ने भन्दै उनले ओभरटेक गर्न नहुने, सिधा जाने, दाँया बायाँ जाने रेखाबारे थाहा नहुँदा दुर्घटना हुने गरेको बताए । बायाँ लेन ठूला सवारी साधनलाई तथा स्पीड चलाउने, साना सवारी दायाँ लेनमा गुडाउन पनि आग्रह गरे ।

कास्की ट्राफिकले दैनिक ५० बढिलाई सडक लेन अनुशासन पालना नगरेकै कारण कारवाही गर्ने गरेको कार्यालयले जनाएको छ । पोखरामा लेन अनुशासन पालनामा कडाई गर्न थालेको भने तीन महिना मात्रै भयो । सुरुसुरुको तुलनामा अहिले चालकहरु सुध्रिदै गएको प्रहरी नायव निरिक्षक शिव थापाले बताए । पोखराका सडकमा ९० प्रतिशत सवारी चलाउनेहरुले ट्राफिक नियमको हेक्का नराख्ने वा वास्ता नगर्ने ट्राफिक प्रहरीको गुनासो छ । सबैभन्दा बढि कलेज पढ्ने युवाहरुले नियम मिच्ने गरेको फिल्डमा खटिने जवान सूर्य जैसीले जनाए । ‘सडकमा ट्राफिक देख्नासाथ इमान्दार देखिने तर ट्राफिकको आँखा छल्नासाथ नियम मिचिहाल्ने समस्या छ’ उनले भने– ‘कतिले त बाईक हुँईकाएर भागिहाल्छन् ।

अब ट्राफिक नियम सम्बन्धमा विभिन्न स्थानमा सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएकोमा सडक लेन पालना सम्बन्धमा कक्षा सञ्चालन गर्ने तयारी गरेको सई पाठकले बताए । गत आर्थिक वर्षमा आठ हजार चार सय २० जनालाई ट्राफिक सचेतना कक्षामा सहभागी गराईएको कार्यालयले जनाएको छ ।

‘अधिकांश दुर्घटना सडक लेन अनुशासन पालना नगरेरै भएको छ । तीव्र गतिमा दायाँ लेनमा गुडिरहेको सवारी यात्रु हाल्न वा रोक्न एक्कासि बायाँ लेनमा जाने, तीव्र गतिमा गलत लेनमा सवारी चलाउने, जता खाली उतै सवारी घुसाउने गर्दा बढी दुर्घटना हुने गरेका छन् । ट्राफिकले अटेर गर्नेलाई ५०० देखि १५०० सम्म ठाउँको ठाउँ कारवाही गर्ने गर्छन् ।’

sadak-lane-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀