go रञ्जन अधिकारी पोखरा, ९ असोज २०७३ / सडक पेटीमै यति ठूलो भ्वाङ कुनै भित्री सडकको होईन । पोखरा विमानस्थल गेट अगाडिकै मुस्ताङ चोकको ढलनालाको तस्विर हो । अत्यधिक सवारी आवागमनले निकै व्यस्त रहने यो चोक छेउमै महिनौंदेखि नालाको हालत यस्तै छ । पैदलयात्रु यही भ्वाङ नाघेर सडक वारपार गर्नुपर्ने हुन्छ । दिउँसो त देखिन्छ, सधैं यताउती गर्नेलाई होश पनि होला । कहिल्यै नहिँडेको व्यक्ति पानी परेको समयमा यो ठाउँमा पुगे के होला ? अवश्य पनि पछिल्लो समय पोखरामा सडककै कारण ज्यान गुमाएकाहरुकै नियति दोहोरिन्छ ।
https://semichaschaver.com/2025/04/03/3gaa9mjo यो त एउटा उदाहरण मात्र हो । नालामाथि स्ल्याब नभएको धेरै यस्ता ठाउँ छन् । कतै राखिएकै छैन भने कतै भाँचिएको मर्मत भएको छैन । सडकमा हिँडे सवारी साधनले ड्याम्म ठोक्देला भन्ने पीर । सडक छेउमा हिँडे नालीमै पर्ला भन्ने चिन्ता । पानी परिरहने पोखरामा सडक नालाको उचित व्यवस्था नहुँदा सडक नै खोलो बन्छ । अविरल वर्षाको कारण पोखराको सडक नै ज्यान ज्याने ठाउँ बनेको छ । यही कारण २० दिनभित्र चार जनाले ज्यान गुमाए ।
follow link यही १ असोजमा पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गयो । सोहि रात स्याङ्जा दरौं ९ का गंगाप्रसाद सुवेदीलाई बिरौटामा सडककै भेलले बगाएर मृत्यु भयो । त्यसअघि, भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् ।
https://www.masiesdelpenedes.com/6k5sj86plh पैदल यात्रु मात्र असुरक्षित होईन, सकडकै कारण सवारी चालकको पनि ज्यान जोखिममा छ । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका ५ घर भई लेकसाईड बस्ने २१ वर्षीय सुरविर जिसीको ज्यान गयो । पावरहाउसमा पानी लैजाने नहरका कारण विरौटामा पानी परेको बेला सवारी चलाउनु भनेको मृत्यु निम्त्याउनु सरह रहेको स्थानीयको गुनासो छ । फिर्के पुलतिरको अवस्था उस्तै छ ।
https://www.psychiccowgirl.com/umt2fyd
https://semichaschaver.com/2025/04/03/kwxuose5p सिद्धार्थचोक र फिर्के खोलाको सो सडक खण्ड नगरपालिका मातहत हो भने विरौटा र लामाचौ खण्ड सडक डिभिजन अन्तर्गत छ । पोखरा नगरभित्रको २७ किलोमिटर मुख्य सडकको जिम्मा डिभिजन सडक कार्यालय पोखराको छ । यसबाहेक नगर क्षेत्रभित्रका सबै सडक मर्मतसम्भारको जिम्मा पोखरा उपमहानगरपालिका कार्यालयको हो । सडक भत्काउने, टाल्ने, बनाउने अख्तियार खानेपानी, विद्युत कार्यालयदेखि फरक फरक सरकारी निकायलाई रहँदा यी निकायहरुबीच समन्वय अभावले गर्दा पनि सडकको अवस्था दिनदिनै बिग्रदैं गएको हो ।
http://jannaorganic.co.uk/blog/2025/04/03/q430wca9fvt पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, पोखराका निमित्त प्रमुख ई. ईन्द्रप्रसाद पौडेलले शहरी क्षेत्रमा सडकमा हिँड्दा नै ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको बताए । सीमित बजेट र ठेक्का प्रक्रियाका कारण पनि सडकको अवस्था सोचेजस्तो नभएको उनले स्वीकार गरे । पौडेलले विहीबारदेखि नै यहाँको सडक मर्मतको लागि ठेक्का दिन टेण्डर आह्वान गर्ने तयारी भएको जानकारी दिए ।
see पोखरा उपमहानगरपालिका कार्यालयका योजना, शहरी विकास, सार्वजनिक निर्माण महाशाखा प्रमुख ई. शारदामोहन काफ्लेले भित्रि सडक खण्डमा गटर नालालाई जोड दिईएको बताए । ‘ठाउँ पनि धेरै हुँदैन, नालामा पानी नबग्ने समस्या देखियो । त्यही भएर ढलान गरिने गटर नालातर्फ जोड दिएका हौं’ – उनले भने– ‘उपभोक्ता समिति समेतको सहभागितामा पैसा संकलन हुने भएकाले राम्रो र दिगोका लागि सबै सडक ढलान गर्नेछौं ।’
Tramadol Bula Anvisa पोखराको सडकको अवस्था खराब रहेको गुनासो आएको भन्दै उनले वर्षाको समयमा बिग्रिएको ठाउँ बनाउन समस्या हुने तर सम्भव भएसम्म चाडबाड अघि नै मर्मत गरिसक्ने बताए । कार्यकारी प्रमुखको तीन तीन महिनामा सरुवा हुने गरेका कारण पैसा खर्च गर्ने अधिकार पनि आफूहरुलाई नभएको भन्दै समस्या परेको उल्लेख गरे ।
https://www.anonpr.net/khsradq खाल्डाखुल्डीले भरिएको पोखराको सडक र खाल्डो खनेर पासो थापेको जस्तो सडकपेटीबारे जानकार हुँदा हुँदै असावधानीपूर्वक हिँड्नु सर्वसाधारणको पनि कमजोरी हो । सरोकारवाला निकाय जिम्मेवार बन्ने, सडकलाई सुरक्षित बनाउने र सवारी चालक तथा पैदलयात्रुले पनि बिग्रदोँ मौसममा होशियारी अपनाउने हो भने दुःखद घटना दोहोरिदैंनन् ।
source url https://www.annarosamattei.com/?p=976be7473 आदर्श समाज दैनिकमा प्रकाशित न्युज
Notifications
https://aalamsalon.com/8mfhgakxhbu
भर्खरै
दक्षिण कोरियामा दक्ष कामदार पठाउने ढोका खुल्दै
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
https://kirkmanandjourdain.com/y32vzyx2s
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं