अमेरिका
हवाईका दुई टापुहरू र जङ्गलमा लागेको डढेलोका कारण कम्तिमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विद्युत् र पहुँचयोग्य सडक नभएका क्षेत्रमा फसेका स्थानीय तथा पर्यटकको खोजी तथा उद्धार कार्य जारी छ ।
अधिकारीहरूले बुधबार एक आपतकालीन घोषणामा हस्ताक्षर गरेका छन् भने पर्यटकहरूलाई माउको यात्रा गर्न निरुत्साहित गरेका छन् । आगलागीपछि सबैभन्दा प्रभावित माउ टापुमा आश्रयहरू भरिएका छन् । अधिकारीहरूले फसेका पर्यटकहरुलाई सकेसम्म चाँडो बाहिर निकाल्न मुख्य एयरलाइन्सहरूसँग काम गरिरहेका छन् ।
आगोले माउ टापुको लोकप्रिय पर्यटक सहर लाहाइनाको धेरैजसो भाग ध्वस्त पारेको छ । सयौं परिवार विस्थापित भएका छन् । आगोले टापुमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ भने व्यापक संरचनात्मक क्षति गरेको छ । अधिकारीहरूले बासिन्दाहरूलाई सम्भावित सम्पत्तिको क्षति र शारीरिक चोटका कारण हुनसक्ने प्रकोपबारे चेतावनी दिएका छन् ।
वर्षा र बाढीको समेत चेतावनी दिइएको छ । टापुहरूमा असर नगर्ने आँधीले यस प्रकारको जंगली आगो निम्त्याउने कुरा अपेक्षा नगरेको अधिकारीहरुले बताएका छन् । हावाका कारण बढेको आगोले धेरै समुदायहरूमा क्षति पुराएको छ । राज्य सरकारले व्हाइट हाउसबाट प्रकोप घोषणाको अनुरोध गर्ने योजना बनाएको छ । हवाई गभर्नर जोस ग्रीनले लाहाइना सहरको धेरैजसो भाग ध्वस्त भएको र सयौं परिवार विस्थापित भएको बताएका छन् । माउको पश्चिम तर्फ कुनै ९११ सेवा छैन भने सेल टावरहरू भत्किएका कारण सञ्चार विच्छेद भएको छ ।
भर्खरै
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं