अमेरिका
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउँदो अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको आइतवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
यस सम्मेलनले आईसीसीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालै अध्यक्ष, महासचिव, उपाध्यक्ष लगायतका पदाधिकारीका केही आकांक्षीहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । आइतवार सम्पन्न बैठकले उम्मेदवारी शुल्क समेत घटाउने निर्णय गरेको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।
महासचिव जोशीका अनुसार उम्मेदवारी शुल्क आधा घटाईएको छ । जसअनुसार अध्यक्षका प्रत्यासीले १० लाख तिर्दै आएकोमा अब ५ लाख रुपैंया मात्रै तिरे पुग्छ । भने महिला उम्मेदवारलाई २५ प्रतिशत दिने निर्णय भएको जानकारी महासचिव जोशीले दिए ।
संघको बिधान अनुसार यस पटक एक एक जना मात्रै अध्यक्ष महासचिवका उम्मेदवार हुनेछन् । कार्यसमिति बैठकले भेलामा सहभागि हुने प्रतिनिधि खुल्ला गर्ने निर्णय समेत गरेको छ । छानिएका प्रतिनिधि डेलिगेटले अनलाइनबाट समेत भोट हाल्न पाउनेछन् । उम्मेदवारका प्रस्तावक तथा समर्थक भने भेलामा प्रत्यक्ष सहभागि हुनुपर्ने व्यवस्था संघको बिधानमा उल्लेख छ ।
कार्यतालिका अनुसार संघको भेला दशैको फुलपाती र घटस्थापनाको बीचमा पर्दछ । संघको भेला मातृभूमी नेपालमा दशै ताका हुने भएकाले समेत प्रतिनिधि, उम्मेदवार तथा सहयोगीहरु समेत उल्लेख्य रुपमा सहभागि हुँदै आएका छन् ।
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं