अमेरिका
संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुखमा लोकबहादुर थापा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई सोमबार नियोग प्रमुख तथा राजदूतमा नियुक्त गरेका हुन् ।
बेल्जियमका लागि नेपाली राजदूत भईसकेका थापा परराष्ट्र मन्त्रालयमा उत्तर पूर्वी एशिया महाशाखा हेर्दै आएका थिए । थापा ३४ बर्षदेखी परराष्ट्र सेवामा कार्यरत छन् । सरकारले थापा सहित जेनेभास्थित संयुक्त राष्ट्रसंघिय नियोगमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सको राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतको राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डको राजदूतमा धनबहादुर ओली र फ्रान्सको राजदूतमा सुधिर भटट्राईको नाम सिफारिस गरेको थियो ।
यसअघि न्यूयोर्कस्थित नेपालको स्थायी नियोग प्रमुखमा अमृत राई कार्यरत थिए । लामो समय नेपालको स्थायी प्रमुख भएर राईले उत्कृष्ट कार्य गरेका थिए । यहाँ कार्यरत रहँदा राईले राम्रो काम गर्ने कर्मचारीको छवि समेत बनाएका थिए ।
सरकारले सिफारिस गरेका नामहरु गत साता संसदिय सुनुवाई समितिबाट अनुमोदन भएका थिए ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं