फालेकी नानी पाल्न सकस

फालेकी नानी पाल्न सकस

Bibha Bk

रञ्जन अधिकारी पोखरा, २३ मंसिर / गत जेठमा पोखरा रंगशाला छिर्ने मुल सडक कालोपत्रे गर्ने काम भईरहेको थियो । मजदुरको समूहमा एउटी भर्खरकी युवती छोरी लिएर आएकी थिईन् । जेठको अन्तिमतिर दिउँसोपख ति युवती नजिकै जिल्ला खेलकूद विकास समिति कार्यालय पछाडी पुगिन् र कार्यालय सहयोगी विभा विकलाई छोरी समाईदिन आग्रह गरिन् । अहिले मंसिर आधा भयो झण्डै ६ महिनासम्म विकले नानी समाईरहनुपरेको छ । युवती छोरी लिन फर्किनन् ।

दिवाले बेलुकीसम्मै युवतीले जहाँ नानी छाडेकी थिईन्, त्यहाँ बसेर बाटो हेरिरहिन् । अहँ, युवती आईनन् । भदौ २९ मा बालदिवस मनाईरहँदा अर्काको नानी दिवाको काखमा परेको ठ्याक्कै तीन महिना बितिसकेको थियो । बालवालिका सम्बन्धी ऐन, २०४८ को दफा ४ र ५ ले बालबालिका बाबु आमा वा संरक्षकबाट पालित पोषित हुने अधिकार राख्ने छन् भनिएको छ । तर जिम्मेवारीबाट पन्छिदैं आमाबाट फालिएकी ति नानीको संरक्षकको भूमिका बाध्यताले आईलागेको दिवाको पनि आर्थिक अवस्था कमजोर बनेपछि उनको भविष्य अनिश्चित बनेको छ ।

‘पातली पातली भर्खरकी बहिनी छोरी लिएर यहाँ आईरहिन्छन् । एकछिन हेर्नु न दिदी म आईहाल्छु भनेर छोरी थमाएर गईन्’– विकले भनिन्– ‘मेरो त गाडी भाडा पनि छैन भनेर ५० रुपैंया समेत लिएर गएकी हो । झोला समेत छाडेर गएकी छिन् । जस्ताको तस्तै राखेको छु ।’ झोलामा भएको अस्पतालको कागजअनुसार नानी जेठमै एक वर्ष पुरा भएकी रहिछन् तर उमेर उमेर अनुसार ह्ष्टपुष्ट थिईनन् ।

‘म सँग टाँसिहाली नानी । दुई वटा विस्कुट र पानी सर्लकै खाईन् । आमाचाहिँ आउला भनेर कुरेँ, कुरेँ अहँ आउँदै आईनन् ।’– बिकले त्यो दिन सम्झिईन् – ‘नआएपछि घर लानैप¥यो । नातिनी उमेरकी माया लागिहाल्यो ।’ विभा रंगशाला परिसरमै बस्छिन् । आमाको प्रतिक्षामा रहेपनि हरेक दिन निराश भएपछि सबैको सल्लाह अनुसार एसओएस संस्था गुहारिन् । उनका अनुसार एसओएसले प्रहरी रिपोर्ट माग्यो । उनी वडा प्रहरी कार्यालय रामबजार पनि गईन् । ‘पुलिसले त अर्काको बच्चा अरुलाई नै देउ भन्यो । अब आमाले नै फालेर गईन् त म कता खोज्दै जाउँ ?’

एक युवतीले आफ्नी छोरी जिल्ला खेलकूद विकास समिति कार्यालय सहयोगी दिवा विकलाई लिईदिन भनिन् । छ महिना भईसक्यो, फर्केर आईनन् । आर्थिक अवस्थाले छोरी पाल्न बिकलाई समस्या भएकाले सहयोगको अपेक्षामा छिन् ।

दिन बित्दै गयो । स्याहारसुसार गरेसँगै माया बढ्दै गयो । नानीले अहिले बिकलाई एकछिन् छाड्दिनन् । बिकका श्रीमान्ले नानीलाई झनै माया गर्छन् । ‘चुरोटले पोलेजस्तो कुहिएको टाउको थियो । औषधोपचार गरेँ । दिशापिशाव सुकिसकेको बच्चालाई नुहाईधुवाई गरेँ’– उनले भनिन्– ‘म भन्दा बढि स्याहार श्रीमानले गर्नुभयो । केहि कुरामा घिन मान्नुभएन । अब त यो नानी कसलाई दिनु ?’ यसो भनिरहँदा युवतीले नानीलाई टाँसो लगाएको ठाउँमै दिवा थिईन् । ति नानी भने दुवो ओच्छाईएको भुईंमा खेलिरहेकी थिईन् ।

धेरैले बच्चा लिन खोजेको भएपनि आफूले नदिएको उनले सुनाईन् । ‘कति जनाले लिएन आए, मैले दिईनँ । उसकी आमा आए त अब मलाई कति गाह्रो होला । कहाँ विक्री गर्छु र ? कुकुरको बच्चा त एक रात राखेसी माया लाग्छ ।’ दिवास रुन थालिन् ।

जिल्ला खेलकूद विकास समिति कार्यालयमा सहयोगी भएर उनले २०५१ सालदेखि काम गरेको कार्यालय प्रमुख प्रकाश बरालले जनाए । विगत २३ वर्षदेखि त्यहाँ कार्यरत दिवा बिकलाई अहिले बच्चाकै कारण काम गर्न कठिनाई भएको छ । ‘मेरो श्रीमान मजदुर हो । ठ्याक्कै चार महिना त यही नानी हेर्न पर्दा काममा जान पाउनुभएन ।’ – विकले भनिन्– ‘मेरो काम सबै मुन्द्राले भरिउको थियो । बेचेर यत्रो बनाएँ । अब मलाई बच्चा दिन होईन बच्चा पाल्नका लागि कसैले केहि सहयोग गर्छ कि भन्ने आश हो ।’

उनलाई अब आमा फर्किन्छिन् भन्ने आश छैन । ‘एक दिन पृथ्वीचोकमा देखेँ । छेरी लैजाऊ भनेँ तर होईन भनिन् । बाईकमा पछाडी चढेर हुईकिन् ।’ विकले भनिन् । अब विक दम्पती पनि नानी नभई नबाँच्ने र डेढ वर्षीया नानीले पनि आमा नै ठान्न थालेपछि अरुको जिम्मा लगाउने अवस्था छैन ।

थाहा हुनेले केहि पैसा दिने गरेको जनाउँदै विकले छिमेकीले पनि मनलाग्दी भन्ने गरेको दुःखेसो पोखिन् । ‘पाल्न मन लागेर पालेको भनेको छ । कसैले आर्थिक सहयोग गर्न खोजे पनि कोहिकोहिले अनेक झुट्टा आरोप लगाएर भाँड्दो रहिछन् ।’ फेरि रुँदै उनले थपिन्– ‘आफू पनि सहयोग नगर्ने अनि सहयोग गर्नेलाई पनि व्यक्तिगत लाञ्छना लगाएर भाँड्ने गरेका छन् । यो नानीको भविष्य बनाउन पाए हुन्थ्यो ।’ कोहि मनकारीको सहयोगले नानीलाई आफ्नै संरक्षणमा हुर्काउने उनको ठूलो धोको छ ।

केन्द्रिय बाल कल्याण समितिका बालअधिकार श्रोत व्यक्ति बद्री वाग्लेले यसरी अर्काको बच्चा प्रक्रिया पूरा नगरी राख्नु गैह्रकानुनी भएको बताए । उनले भने– ‘यो विषयलाई गम्भिर रुपमा हेर्नुपर्छ । बाल कल्याण अधिकारीले संरक्षक तोकेर दिन सक्छ । यसको लागि निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । कसैकसैले कानुनलाई छलेर राखेका छन् ।’ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा २१ मा एकाघरमा कोहि नहुने बालबालिकाको संरक्षणको विषय रहेको र त्यसमा संरक्षक नियुक्ति गर्न सक्ने, यसका लागि विभिन्न शर्त तोकेको वाग्लेले बताए ।

यस्तै, महिला तथा बालबालिका कार्यालयकी बाल संरक्षण अधिकृत बिन्दु भण्डारीले कानुनी प्रक्रिया पुरा गरेर लिन सकिने बताउँदै नत्र राज्यले नै संरक्षण गर्ने बताईन् । ‘संरक्षक हुन सक्ने क्षमता छ भने प्रक्रिया पुरा गर्न सकिन्छ । राज्यको के सहयोग चाहिन्छ हामी तयार छौं । यदि सक्नुहुन्न भने हामीले लिनुपर्ने हुन्छ । अभिभावक खोज्छौं ।’ उनले भनिन्– ‘उसका बाबुआमा फेला नपरेको जानकारी कार्यालयमा दिन र त्यसपछि संरक्षककै आग्रह अनुसार अघि बढ्ने हुँदा नानी पाल्न पाईदैं कि भनेर नडराउन आग्रह गर्छौं ।’ उनका अनुसार बाबुआमाको टुंगो नलागेका अधिांशको घटना यस्तै रहने गरेको छ ।

धर्मपुत्र/पुत्री राख्ने र धर्मपुत्र/पुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाट स्थापित सम्बन्ध हो । दुई पक्ष बीचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुने गर्दछ ।

आदर्श समाजमा प्रकाशित न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀