एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले मारे बाजी, महासचिवमा अधिकारी

एनआरएनए अमेरिकाको अध्यक्षमा डाक्टर बन्जाडेले मारे बाजी, महासचिवमा अधिकारी

363332436_10228672438449437_4221713169045015245_n

अमेरिका ।

नवनिर्वाचित महासचिव रामहरी अधिकारी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार बिहानै जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत प्राप्त गरी बन्जाडे अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्ष पदका अर्का प्रत्यासी दिलु पराजुलीले चार हजार आठ सय छ मत प्राप्त गरी उपबिजेता भएका छन् । परिर्वतन अपरिहार्य छ भन्ने नाराका साथ चुनावमा होमिएका बन्जाडेले नौ सय ३३ मतको फराकिलो मतान्तर सहित नेतृत्व सम्हाल्ने गरी चुनिएछन् ।

यस्तै सन् २०२३ २०२५ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । उनले चार हजार नौ सय ४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अन्जन चौलागाई चार हजार ७ सय ३५ मत प्राप्त गरी उपबिजेता भए ।

यसैगरी समितिको चार उपाध्यक्षमा भानु खेरल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे बिजयी भएका छन् । यसैगरी महिला उपाध्यक्षमा सुनिता सापकोटा, युवा उपाध्यक्षमा अनुप खनाल बिजयी भएका छन् ।

यस्तै कार्यसमितिको महासचिवमा रामहरी अधिकारी बिजयी भएका छन् । उनले पाँच हजार एक सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराईले चार हजार चार सय ३९ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा दिपक सापकोटा बिजयी भएका छन् ।

यस्तै महिला सचिवमा शान्ति पौड्याल, कोषाध्यक्षमा सरोज सिग्देल, सहकोषाध्यक्षमा दिवाकर पाण्डे, युवा संयोजकमा तेज पौडेल, महिला संयोजकमा सुनिता खत्री बिजयी भएका छन् ।

यसैगरी बोर्ड सदस्यमा डाक्टर गंगाधर आचार्य, बल राई, बिष्णु बराल, निमा शेर्पा, बासुदेव भाट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने बिजयी भएका छन् । यस्तै महिला बोर्ड सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा बिजयी भए ।

यस्तै क्षेत्रिय संयोजक आरसी पदमा बिष्णु खत्री, आङछिरिङ शेर्पा, मोहन न्यौपाने र महेन्द्र बस्नेत चयन भएका छन् । यस्तै आईसीसी सदस्यहरुमा प्रविन केसी, क्षेत्र गुरुङ, पदमबहादुर ठकुराठी, टंकराज रेग्मी, गोबिन्द कुमार श्रेष्ठ, उत्तम कुमार कार्की, डोलनाथ घिमिरे र दुर्गेशजंग कार्की बिजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित बन्जाडेले सबै पक्षसंग मिलेर काम गर्ने प्रतिवद्धता जनाउँदै संघ र प्रवासी नेपालीको हकहितमा काम गर्ने जानकारी गराएका छन् । यस्तै महासचिव पदमा निर्वाचित रामहरी अधिकारीले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नागरिकताको निरन्तरता र प्रवासी नेपालीको श्रीबृद्धिमा काम गर्ने जानकारी दिएका छन् ।

निर्वाचन प्रमुख बासु फुलाराले दिएको जानकारी अनुसार अनलाइनबाट भेरो नामको कम्पनी गरेको निर्वाचनमा १३ हजार ६ सय ९१ मतदानता मध्ये ११ हजार २ सय ६७ मतदानमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀