कांग्रेस बैठक बिहीबार पनि जारी रहने, आज क–कसले धारणा राखे ?

कांग्रेस बैठक बिहीबार पनि जारी रहने, आज क–कसले धारणा राखे ?

Nepali-Congress-CC-Meeting

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा दुई दिनदेखि बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली र नैनसिंह महरले आफ्नो धारणा राखेका छन् ।

यस्तै गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि।क।, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखे ।

यस्तै, आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका हुन् । धारणा राख्ने क्रम जारी रहेको र बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमै बैठक पुनः बस्ने उनको भनाइ छ ।

दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन ।

महामन्त्रीको सांगठनिक कार्यतालिकामाथि प्रदेश सभापतिहरुले एक स्वरले विमति जनाएका छन् । महामन्त्री गगन थापाले पार्टीको एकवर्षिय कार्यक्रम प्रस्ताव गर्दा प्रदेश समितिलाई नसमेटिएको उनीहरुको गुनासो थियो ।

साथै, पार्टीको केन्द्रीय नेतृत्वले प्रदेश समितिलाई बेवास्ता गरेको सभापतिहरुको आरोप थियो । बागमती र कर्णाली प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय सदस्य बहादुरसिंह लामा र जीवनबहादुर शाही पनि पार्टीले प्रदेशलाई अधिकार दिनुपर्ने मत राखेका थिए ।

बैठक लाइभ भएपछि भित्र एउटा र बाहिर अर्को कुरा गर्ने प्रवृत्ति रोकियो : महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा यथार्थ कुरा गएको बताएका छन् । विगतमा केही नेताहरुले बैठकमा एउटा कुरा भएपनि बाहिर निस्केर आफू अनुकूलको अर्को कुरा बोलिदिनाले यथार्थ कुरा बाहिर नगएको उनको संकेत थियो ।

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री  महतले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए ।

उनले विगतमा भित्र एउटा र बाहिर अर्को कुरा हुने प्रवृत्ति रहेकामा लाइभका कारण सो कार्य रोकिएको दाबी गरे । उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए ।

महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रीय समितिको बैठकमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए ।

पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए ।

उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀