दिउँसै मापसे ? माईक्रोचालक बोल्दैन, प्रहरी भन्छ -‘होईन’

दिउँसै मापसे ? माईक्रोचालक बोल्दैन, प्रहरी भन्छ -‘होईन’

Micro Manpari

रञ्जन अधिकारी  पोखरा,  ३० मंसिर /पोखराको मुटु भागको रुपमा चिनिने महेन्द्रपुल । नयाँबजार, चिप्लेढुंगा, रानीपौवा र पालिखेचोक आवतजावत हुने कारण सवारीको सर्वाधिक चाप हुने क्षेत्र यो । बुधबार अपरान्ह ४ः४० बजेको समय । रानीपौवाबाट महेन्द्रपुलतर्फ ट्याक्सी अघि बढ्दै थियो । छोरेपाटन टाँस गरेको ग१ख ३२५२ नम्बरको पोखरा नगर माईक्रोबस भने महेन्द्रपुलबाट नयाँबजारतर्फ झर्दै थियो । ग १ ज ४६९४ नम्बरको ट्याक्सीले दायँ साईडलाईट बालेर मोड्न नभ्याउदै नेपाल टेलिकम अघि चोकमा माईक्रोबसले ड्याम्मै ठक्कर दियो । तत्काल माईक्रोबसको स्टार्ट बन्द भयो र ट्याक्सी चालकको ज्यान जोगियो । उनलाई चरक हस्पिटल पृथ्वीचोक लगियो । बुधबार साँझ तीन घण्टा सवारी आवागमन प्रभावित बन्यो । पछि सोहि बसले एउटा कार र मोटरसाईकललाई समेत क्षति पु¥यायो ।

‘कसरी भयो घटना ?’ सो समय महेन्द्रपुल एरियामा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार नरेन्द्र बहादुर थापाले भने – ‘ट्याक्सी मोडिँदै थियो । माईक्रो रोकिएन । ड्याम्मै हान्यो । ब्रेक फेल भयो रे । मापसे गरेको छ । लाईसेन्स छैन ।’ त्यसपछि हवल्दार थापा जाम गाडी व्यवस्थापन गर्न तर्फ लागे । माईक्रो चालकले आफू बिरौटा बस्ने गणेश रेग्मी भएको बताए । ‘दिउँसै मापसे गर्नुभएको रैछ त ?’, ‘किन गर्ने हो मापसे सर ?’ ‘चेकजाँच गरे रिपोर्ट आईहाल्छ नि…’ चालक रेग्मीले यसको जवाफ दिएनन् ।

‘गाडी नै पुरानो । ब्रेक नै छैन । हावा नै फाल्दैन ।’ चालक रेग्मीले गाडीको ब्रेक फेल भएको सुनाए। उनले आफ्नो साथमा लाईसेन्स, कागजपत्र नभएको र प्रहरीकहाँ नै रहेको बताए । यसअघि पनि बिजुली पोललाई ठक्कर दिएकाले प्रहरीले कागजपत्र खिचिसकेको उनको भनाई थियो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा खोज्दा उनको कागजपत्र नभेटिएको कार्यालयका फाँट ईञ्चार्ज प्रहरी सहायक निरिक्षक राजु थापाले बताए । ‘अहिले भेटिएन । अन्यत्र भएको घटना हो कि ?’ असई थापाले भने ।

ट्याक्सी चालक अञ्जन अधिकारीले ठूलो भाग्यले बाँचेको प्रतिक्रिया दिए । ‘ठक्करपछि मेरो टाउको बजारियो र म अर्को सिटतिर पुगेँ । माईक्रोबसको स्टार्ट बन्द नभएको भए किचिन्थेँ ।’ – उनले भने – ‘हवल्दार साबले सब लाईभ देखिरहनुभएको छ । रक्सी खाएको रैछ । बालबाल बचियो । कडा कारवाही हुनुपर्छ ।’  जाममा फसेका अर्को माईक्रो बसका चालक भन्दै थिए – ‘यस्तै हो । दिउँसै रक्सी खान्छ । अनि हामीहरुको पो बेईज्जत ।’  ट्याक्सी चालक अधिकारीको टाउको र घाँटीको एक्सरे गरिएको छ । अवस्था सामान्य रहेको बताईन्छ ।

घटनापछि सडक जाम हुँदा सर्वसाधारणले सास्ती व्यहोरे । ट्याक्सीलाई १५ मिनेटपछि ट्राफिक कार्यालय लगियो भने माईक्रोबसले तीन घण्टा सवारी आवागमन प्रभावित बनायो । बेलुकी पौने सात बजेतिर प्रहरी नायव निरिक्षक शिव थापाले भने – ‘माईक्रो यता पनि जाँदैन, उता पनि जाँदैन । तीन घण्टासम्म बीच चोकमा रोकिँदा खत्तम भयो नि । बल्ल कार्यालय ल्याईपु¥यायौं । ’

त्यही बसले साँझ फेरि एउटा कार र मोटरसाईकललाई ठक्कर दियो । बा ६ च ११६६ नं. को पत्रकार राजु भण्डारीको कारमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाईकलमा क्षति पुगेको छ । मोटरसाईकलमा सवार दुई जना मुस्किलले बाँचेको पत्रकार भण्डारीले बताए । उनका अनुसार कार र मोटरसाईकल धनीलाई ट्राफिक प्रहरीमा विहीबार सम्पर्क गर्न भनिएको छ ।
micro-manpari-2
नगरभित्रै सञ्चालन हुने भएकाले नगर माईक्रो बस भनिएको हो । नगर क्षेत्रमा बढि भिडभाड र सवारी चाप हुने भएकाले चालकले झनै होसियारी अपनाउनुपर्ने ठाउँमा यसरी सवारी चलाउनु गम्भीर लापरवाही हो । पोखरा बस व्यवसाय समितिका अनुसार दुई जना चालकले मापसे सेवन गरी गाडी चलाएको कारण निश्कासन गरिसकिएको छ भने एक जना चोरी गर्ने चालकलाई निश्कासन गरिएको छ ।

समितिका अध्यक्ष देउप्रसाद गुरुङले भवितव्य घटनामा मात्र समिति जिम्मेवार हुने भन्दै चालकले मापसे गरी गाडी चलाउँदा हुने दुर्घटनाको जिम्मा लिन नसक्ने प्रष्ट पारे । ‘संचालन प्रक्रियामा सबै किसिमको ग्यारेन्टी हामी लिन सक्दैनौं । संस्थाको नियम परिधि भन्दा बाहिर, नेपालको प्रचलित कानुनभन्दा बाहिर सञ्चालन भएको भए सबै जिम्मेवारी चालकले लिनुपर्ने हुन्छ । हामी जिम्मा लिँदैनौं । जोगाउनतर्फ पनि लाग्दैनौं ।’ – गुरुङले भने ।

ट्याक्सी व्यवसाय समिति, पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सबै यातायात क्षेत्रकै भएकाले समस्या साझा रहेको भन्दै कोहि कुनै चालक मापसे गरेर चलाएको खण्डमा कारबाहीको भागीदार हुने बताए ।

पोखरा बस व्यवसाय समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले चालकले भनेजस्तो गाडी पुरानो नरहेको बताए । ‘२००९ मोडलको गाडी हो । सात वर्ष चलेको गाडी कहाँ पुरानो हुन्छ ? कण्डिशनमा लिएर हिँड्नुप¥यो । चालकले नियम पालना गर्नुप¥यो ।’- उनले भने – ‘अहिले सबै नयाँ युरो थ्री मापदण्डका सुविधा सम्पन्न गाडी छन् । यो तुलनामा २६ सिटे पहिलाको गाडीहरु पुरानो लागे होलान् । समितिले पुरानो गाडी चलाएकै कारण घटना भएको होईन ।’

शर्माका अनुसार १५ वर्ष पुराना गाडी एकैचोटी विस्थापन गरेको समितिको अहिले २००८ मोडलका दुई र अरु सबै नौ मोडेल पछिका छन् । पोखरा बसका २४५ बस अहिले पोखरामा छन् । तीन महिनाभित्र २७८ पु¥याउने योजना रहेको र धमाधम काम भईरहेको शर्माले बताए ।

यसैबीच, जिल्ला ट्राफिक कार्यालय कास्कीले भने चालक गणेश रेग्मीले मापसे नगरेको जानकारी दिएको छ । बस र ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने चालक रेग्मी साँझ नै घर फर्किएका छन् ।

पछिल्लो समय सवारीको उल्लेख्य चापले पोखराको सडकमा हिँड्न पनि डरमर्दो छ । बसहरु आवश्यक भन्दा बढि थपिँदा खाली खाली गुड्ने र यात्रु बोक्ने होडमा तीब्र गतिमा गुड्ने, जथाभावी रोक्ने गरेको भेटिन्छ । पोखरा नगरमा पोखरा माइक्रोबस र विन्दबासिनी यातायात गुडिरहेका छन् ।

आदर्श समाजमा प्रकाशित न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀