पोखरा, ३० चैत । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ ।
यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । होटल बाराहीका प्रवन्धक निर्देशक वैभव पौडेलले सिट्ठी फुकेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरियो ।
पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
सहभागीहरु पहारीघाटबाट डुंगा खियाएर ताल पारी रहेको लेकहाउमा पुगी पुनः सोही घाटमा फिर्ता आउनुभयो । प्रत्येक समूहमा तीन जना सहभागी रहनुभएको थियो ।
नयाँ बर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्धेश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि पौडेलले डुंगा दौड जस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राख्नुभयो ।
पंचेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले व्यक्त गर्नुभयो । प्रतियोगिताका लागि संगठनले निःशुल्क डुंगा उपलब्ध गराएको संगठनका सचिव शिव जिसीले जानकारी दिनुभयो ।
प्रतियोगिताका अवसरमा नमस्ते हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । होटल बाराहीले प्रतियोगिताको प्रायोजन गरेको थियो । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गर्नुभएको थियो ।
फेवा नब वर्ष महोत्सव अन्तर्गत विहीबार पनि नाचगान र खानपानका कार्यक्रम जारी रहे । फिस्टेल गेटदेखि खहरेसम्म आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई जोड दिएको छ ।
बाह्रसिंगे वियर महोत्सवको प्रमुख प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहसंयोजक रहेको छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं