टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?

टाइगर कप भलिबल ः कसले जित्ला उपाधी ?

SURL7931

पोखरा, १३ माघ । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लव उपाधीका लागि भिड्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

शुक्रबार सम्पन्न सेमीफाइनलमा भारतिय खेलाडी सम्मिलित गण्डकीले विभागिय टोली नेपाल आर्मीको चुनौतीलाई पन्छ्याउँदै फाइनलमा पुगेको छ । गण्डकीले पहिलो सेटबाट दवावमा राखेको आर्मीलाई ३–० को सहज जित निकाल्दै फाइनलमा पुगेको हो ।

पहिलो सेट २५–२३ ले जितेको गण्डकीले दोश्रो सेट समान २५–२३ र तेश्रो सेट २५–१६ ले जितेको हो । उक्त प्रतियोगितामा गण्डकीका विवस आले म्यान अफ दि म्याच हुँदै ५ हजार नगद प्राप्त गर्दा घनश्याम चौधरीले नगद ३ हजार बरावरको गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।

यता प्रतियोगितामा नै अविजित रहेको एपिएफले नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । एपिएफले पहिलो सेट २५–१० दोश्रो २५–२१ र तेश्रो २५–१८ ले जित्दै घरेलु टोली गण्डकी संग उपाधिका लागि भिड्ने भएको छ । उक्त खेलमा एपिएफका टेकराज अवस्थी म्यान अफ दि म्याच घोषित हुनुभयो भने विजय थापा वेष्ट स्पाइकर हुन सफल हुनुभयो ।

यस्तै महिलातर्फको तेश्रो स्थानका लागि भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेश होङवान्जी न्यू डायमण्ड संग ३–० को सोझो सेटमा पराजित हुन पुगेको छ । न्यू डायमण्डले २५–१९, २५–१६ र २५–१६ ले खेल जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेको छ ।

सिने अभेनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष उपस्थितिमा हुने पुरुषतर्फ फाइनल खेल दिउसो २ बजे सुरु हुने टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फ ११ बजे हुने फाइनलमा एपिएफ र नेपाल आर्मीका विच हुने छ भने तेश्रो स्थानको पुरुषतर्फको खेल विहान ९ बजे हुनेछ ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु, प्रशिक्षकलाई समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

                                                                                                                                                                                 तस्विरः सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀