गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति

गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति

tewan sammitee

पोखरा, १२ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ ।

समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहनुभएको छ । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले टिका तथा खादा लगाउनुभएको थियो ।

यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला सिप विकास संस्थाका प्रबन्धक रामकलि खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताउँदै सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टेवानका अध्यक्ष रेनु थापा मगर, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवद्र्धन, विकास र सम्भावना लगायतमा बोल्नुभएको थियो ।

टेवानद्वारा रासस गण्डकी प्रदेश प्रमुख पौडेल र कान्तिपुरकर्मी परियार सम्मानित

साधारणसभा एवम् अधिवेशनका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।

पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएवापत उहाँहरूलाई सम्मान गरिएको हो ।
पर्यटन व्यवसायी महिला संघ(टेवान) का अध्यक्ष रेनु थापा मगर, महिला सिप विकास संस्थाका प्रबन्धक रामकलि खड्का लगायतले दोसल्ला, कदरपत्र सहित पौडेल र परियारलाई सम्मान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀