काठमाडौँ, १० मङ्सिर (रासस) ःप्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । हालसम्म नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ ।
एमाले ३२, माओवादी केन्द्र १३, एकीकृत समाजवादी सात, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच÷पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आयोगका अनुसार जारी मतगणनामा कांग्रेस १५, एमाले ११, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी तीन÷तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनता समाजवादी पार्टी एक स्थानमा अगाडि छन् ।
दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन । प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक प्रदेशमा अगाडि छन् ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस अगाडि छ । प्रदेश नं १ र मधेसमा एमाले तथा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र अगाडि छ ।
प्रदेश नं १ मा एमाले १८, कांग्रेस ११, माओवादी केन्द्र छ, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा विजयी भएका छन् । मधेसमा एमाले १२, कांग्रेस १२, जसपा आठ, लोसपा सात, जनमत पार्टी छ, माओवादी चार र स्वतन्त्र छ स्थानमा विजयी भएका छन् ।
बागमतीमा कांग्रेस १८, एमाले नौ, माओवादी सात, राप्रपा पाँच, एकीकृत समाजवादी चार, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् ।
गण्डकीमा कांग्रेस १४, एमाले १२, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक, लुम्बिनीमा कांग्रेस १४, एमाले १२, माओवादी चार, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई÷दुई, राप्रपा र जनमत पार्टी एक÷एक तथा स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् ।
कर्णाली प्रदेशमा कांग्रेस र माओवादी छ÷छ, एमाले दुई र स्वतन्त्र उम्मेवार एक तथा सुदूरपश्चिम प्रदेशमा माओवादी सात, कांग्रेस छ, नागरिक उन्मुक्ति पार्टी र एमाले दुई÷दुई तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं