नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

pokhara logo

कास्की, १३ असोज (रासस) :नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नोतर्फबाट काम अघि बढाएको हो । महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचारप्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँलगत्तै यसलाई सुरु गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा खेलकुदमय छ भन्ने महसुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड ब्यानर, स्वागत गेटलगायतबाट प्रचारप्रसार गर्नेछाँै ।”

महानगरपालिकाले पोखरा आउने खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई यातायात, होटल, सपिङ मललगायतमा छुट तथा सहुलियतका लागिसमेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।

“राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा निजी क्षेत्रलाई आह्वान गर्र्दैछौँ ।” आचार्यले भन्नुभयो ।

महानगरले खेलस्थलसम्म जाने सडक, खेलस्थलको सरसफाइ, विद्युत्, खानेपानी, शौचालयको उचित प्रबन्ध तथा खेलस्थलको सजावटमा पनि सहयोग गर्ने जनाएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता भव्य बनाउनुपर्ने सबैको दायित्व रहेको बताउनुभयो । सरकारी तथा निजी क्षेत्र सबै मिलेर मात्र राष्ट्रको गौरवसँग जोडिएको खेल प्रतियोगिता सफल हुने उल्लेख गर्नुभयो ।

प्रतियोगितालाई मध्यनजर गरी खेलस्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालयलगायत स्थानमा खेलकुदसँग सम्बन्धित सामग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था महानगरले गर्ने प्रतिबद्धता जनाएको गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितास्थलमा मिडिया सेन्टरमा विद्युत् तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्नेलगायतका विषयमा सहजीकरण गरिदिन उहाँले महानगरसँग आग्रह गर्नुभयो ।

प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै ह्याण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् ।

प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀