डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

mosquito

काठमाडौँ, २० भदौ ९रासस०ःपछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।

यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका प्रतिनिधिसँग अन्तक्र्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

डेँङ्गो नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएकोे छ ।

कामपाले आजदेखि प्रयोगशाला भएका वडामा ¥यापिड डाइग्नोस्टिक परीक्षण सुरु गर्ने जनएको छ । यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् । उक्त अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको छ ।

महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो । डेँङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ ।

मान्य जानकारी नहुँदा डेँङ्गु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको प्रमुख त्रिपाठीको भनाइ थियो ।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै पोखराजस्ता जनघनत्व बढी भएको सहरमा डेँङ्गुका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँङ्गुको सङ्क्रमण फैलिने गर्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेँङ्गुको बिरामी फेला परेको थियो । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेँङ्गुका लक्षण हुन् ।

जटिल प्रकृतिको डेँङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀