चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

चालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड

Ministry of Finance

काठमाडौँ, २५ असार (रासस) :चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन ।

सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ ।

सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ ।

त्यसमा कर राजस्व कूल रु नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालु आवमा रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ । त्यस्तै गैरराजस्व रु एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ ।

यो कूल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो । कार्यालयका अनुसार सरकारले रु ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ ।

कूल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कूल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आवका कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ ।

त्यसमा चालु खर्चतर्फ रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कूल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो ।

यस्तै पूँजीगत खर्च कूल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ ।

सरकारले रु तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ ।

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ । चालु आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ ।

त्यसमध्ये हालसम्म रु ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ । सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।

कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको छ ।

चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आवमा रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀