नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा

NTUC

काठमाडौँ, २८ जेठ (रासस)ःनेपाली कांग्रेस निकट श्रमिक सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज पत्रकार सम्मेलन गरी भोलिदेखि दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विधानतः हुन लागेको राष्ट्रिय सम्मेलनले विधान संशोधनलगायतका कार्यदिशा तय गर्नुका साथै सातौँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय सम्मेलनमा राष्ट्रिय श्रम आयोगको गठन, मर्यादित रोजगारीको सिर्जना, वैदेशिक रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने, श्रम प्रशासनको क्षमता विकास तथा विस्तार, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व, जलवायु परिवर्तनका कारण श्रमिकलाई पर्ने असर न्यूनीकरण, सातै प्रदेशमा श्रम अदालतको व्यवस्था, कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा दुव्र्यवहारको अन्त्यलगायतका बारेमा छलफल हुने बताउनुभयो ।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकका लागि लागू गर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई कार्यस्थलबाटै मताधिकारको व्यवस्था, राज्यका तीनवटै तहको सरकारमा सामाजिक संवादको संरचना र स्थानीय तहमा श्रम तथा रोजगार केन्द्र, श्रम सल्लाहकार परिषद् र श्रमिकको पञ्जीकरण गरी परिचयपत्र जारी गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा देशभरका एक हजार ६०० प्रतिनिधिको सहभागिता रहने नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन अवस्था र कार्यस्थलमा हुने हिंसा तथा दुव्र्यवहारसम्बन्धी आइएलओ महासन्धि १९० सन्दर्भमा अवधारणापत्र सार्वजनिक हुने कार्यक्रम छ ।

दोस्रो दिनमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिवको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विधान मस्यौदा समितिका तर्फबाट विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले श्रमिकले हडताल गर्न पाउने अधिकारलाई सरकारले कटौती गरेको भन्दै सम्मेलनमा यसबारे पनि छलफल हुने बताउनुभयो ।

उपाध्यक्ष राईले असङ्गठित र स्वरोजगार क्षेत्रका श्रमिकको अधिकार पूरा नभएसम्म श्रम क्षेत्रको समस्या समाधान नहुने बताउनुभयो । राष्ट्रिय महाधिवेशन भएको दुई वर्षमा हुनुपर्ने राष्ट्रिय सम्मेलन कोरोना महामारीका कारण चार वर्षपछि हुन लागेको हो ।

उक्त सम्मेलनको उद्घाटन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । सम्मेलनमा कांग्रेसका नेता डा शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाण तथा श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀