बैतडी, २० जेठ (रासस) : जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ ।
सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।
पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको भारतीको भनाइ छ । उहाँले भन्नुभयो, “टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।”
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भीड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सूचना अधिकारी भारतीले भन्नुभयो, “सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौँ । कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ ।”
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भीड बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम भइरहेको छ ।
हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन् । सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं