स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने

Nirbachan ayog

काठमाडौँ, २३ फागुन (रासस) :आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ ।

मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो । “मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार (निलो) को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासा आएका थिए”, उहाँले भन्नुभयो, “मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तन गरिएको हो ।”

वरिष्ठ साहित्यकार, गीतकार र सङ्गीतकारको संलग्न समितिले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो÷भिडियो सामग्री निर्माणका लागि प्राप्त रचनाको मूल्याङ्कन गरिरहेको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिकको काम भइरहेको आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचना दिनेलगायत क्रियाकलाप चलिरहेको आयोगले जनाएको छ । मतदाता अद्यावधिकका काम यही फागुन २६ गतेसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀