एमसिसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

एमसिसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

ssss

काठमाडाँै, १६ फागुन (रासस) ःनेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तागठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसिसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको बताउनुभयो ।

प्रतिनिधिसभाको आइतबारको बैठकले एमसिसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो । भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता डा महतले भन्नुभयो, “अब एमसिसी अनुदान सहयोग अन्तर्गतका परियोजना कार्यान्वयनमा जाने सुनिश्चित भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निरन्तरको प्रयास, धैर्यता, लचकता, सुझबुझ पूर्ण सोच र निर्णयका कारण एमसिसी अनुमोदनमा सबैको सहयोग जुटाउन सहज भएको हो ।”

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्राविधिक कारणले अनुमोदनको प्रक्रियामा संलग्न नभए पनि एमसिसीका पक्षमा नै रहेको नेता महतको भनाइ थियो ।

नेपालको विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि एमसिसीमार्फत करिब रु ६० अर्ब अनुदान सहयोग प्राप्त हुनेछ । एमसिसीसम्बन्धी प्रस्तावका पक्षमा सरकारमा सम्मिलित दलहरु एक ठाउँमा उभिएपछि आइतबारको संसद्बाट सो सम्झौता अनुमोदन गर्न सहज भएको भन्दै प्रवक्ता डा महतले सबै दलका नेतृत्वको सराहना गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀