बुधबार, २१ पौष २०७८
काठमाडौँ, २१ (रासस) । नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ ।
समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।
कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं