समय सापेक्ष शिक्षा आजको आवश्यकताः श्रेष्ठ

समय सापेक्ष शिक्षा आजको आवश्यकताः श्रेष्ठ

nnnnnnnnnnnnnn

पोखरा, १३ कात्तिक । एन प्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी शुरु भएको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको उक्त गोष्ठी एन प्याब्सनमा आवद्ध विद्यालयका अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी एक सय २० जनाको सहभागिता रहेको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवहाक संयोजक सञ्जय पौडेलले जानकारी दिनुभयो । गोष्ठी दुई दिन सम्म चल्ने छ ।

गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र बामदेव पौडेलले गर्नुहुने छ ।

कार्यशाला उद्घाटन गर्र्दै प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

‘हामीले दिइराखेको शिक्षाले उपलब्धी हासिल गर्न नसकेको तथ्य यथार्थ हो’ उहाँले भन्नुभयो, ‘समय सापेक्ष भुगोल माटो सुहाउदो खालको शिक्षा अबको आवश्यकता हो ।’प्राविधिक शिक्षा तर्फ अगाडि बढ्न नसके देशले फड्को मार्न नसक्ने उहाँको तर्क थियो ।

उहाँले समाज उपयोगि, उत्पादन र आत्मानिर्भर तर्फ शिक्षालाई जोड्न नसकेसम्म जिम्मेवारी पुरा नहुने बताउनुभयो । यस प्रदेशमा शिक्षा क्षेत्रलाई परिस्कृत गरी लैजान सरकार सधै निजी विद्यालयसँग हातेमालो गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले स्तरीय प्रश्नपत्रले नै शिक्षण सिकाइको सकारात्मक प्रभाव छोड्ने बताउदै सामुदायिकसँगै निजी विद्यालयका शिक्षकलाई पनि सँगसँगै तालिमका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षा क्षेत्रको विकास गर्नका लागि गुणस्तरीय परीक्षाको खाँचोपर्ने बताउनुभयो ।

एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले शिक्षाको गुणस्तर वृद्धि गर्न यो गोष्ठी कोषेढुड्डा सावित हुने बताउनुभयो ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अझै पनि व्यवसायिक र प्राविधिक शिक्षाको जग बसाल्न नसकेको बताउनुभयो ।

युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङले निजी विद्यालयका शिक्षकहरु अझै पनि सरकारी क्षेत्रबाट दिने तालिमबाट बञ्चित भएको बताउनुभयो ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀