लुम्बिनी, १४ भदौ (रासस) ।रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ ।
दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ ।
आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिराले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, अम्मर विक र सीता थकालीको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
चुरे पहाडबाट झरेको लेदोसहितको पहिरो त्यस क्षेत्रका अन्य धेरै घरमा पसेर क्षति पु¥याएको प्रहरीले जनाएको छ । सो क्षेत्रको पहिराले बुटवलका मुख्य सडकमा र बजार क्षेत्रसम्म बगेको छ ।
लेदो माटोसहितको पहिरो बजार क्षेत्रमा बगाएर ल्याएकाले लक्ष्मीनगर, गोलपार्क क्षेत्रमा आवागमनमा समस्या भएको छ भने बिजुलीका पोलमा क्षति पु¥याएको छ ।
पहिराबाट मानवीय क्षति भने नभएको र मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले स्थानीयलाई नजिकै रहेको बुटवल बहुमुखी क्याम्पसमा सारेर अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको र जनधनको क्षतिबाट जोगिन आफन्तका घरमा आश्रय लिएका छन् ।
उहाँले बुटवल उपमहानगरपालिका हँुदै बग्ने तिनाउ र दानव नदीले नगरका वार्ड नं ११ का बुद्धनगर, वार्ड नं १६ को बैठौलिया, १५ को विभिन्न क्षेत्रमा नदी कटान, सडक, पुलमा क्षति पु¥याएको बताउनुभयो ।
सो क्षेत्रमा विसं २०५५ भदौ २० गते चुरे पहाडको पहिरो खसेर ५७ घरमा क्षति पु¥याएको थियो । उक्त पहिराले त्यस क्षेत्रको बस्ती नै विस्थापित भएको थियो । विस्तारै पहिरो खस्नेक्रम रोकिँदा स्थानीय बासिन्दाले घर बनाएर बस्न थालेपछि बस्ती पुनः स्थापित भएको हो ।
यस्तै बुटवल उपमहानगरपालिका–२ पूर्वपश्चिम राजमार्ग क्षेत्रको जितगढी, पाखापानीमा राजमार्गमाथिको चुरे पहाडबाट खसेको पहिराले राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ ।
सो क्षेत्रमा गत महिनादेखि लगातार पहिरो झर्ने क्रम नरोकिएको र पहिराका कारण सडक छेउका बस्ती निकै जोखिमपूर्ण रहेका छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं