पोखरा, २७ साउन । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ ।
पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ ।
शोरुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनपर्ने औल्याउनुभयो ।
स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एस.एस.एल. मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । पोखराको नयाँबजारमा रहेको एस.एस.एल. मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रा.लि.ले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा कम्पनीको गाडी प्रयोगकर्ता एवं समाधान मिडिया प्रा.लिका अध्यक्ष उमनाथ बरालले ड्राइभिङ्गमा सहजता हुने भएकाले स्कोडी आफ्नो रोजाई भएको बताउनुभयो ।
एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापाले कमिकमजोरी सुधार्दै उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पनि बोल्नु भएको थियो ।
स्कोडाको कुशाक एसयूभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन् ।
स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।नेपालमा बुकिङ एक सय २३ गाडीमध्य ७५ गाडी बिक्री भएको छ । जसमध्य पोखराबाट माात्रै ६ वटा गाडी बिक्री भएको छ ।
रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।
यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ ।
सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो ।
साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । शोरुममा कुशाकसँगै र्यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं