लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

river

काठमाडौँ, १७ साउन (रासस) । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् ।

साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ ।

यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७१.५७, अन्य ३१.५८, जीवन बीमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.९८, चन्द्रागिरी हिल्स ३.८६, कुमारी इक्विटी फण्ड ३.५५, नारायणी डेभलपमेण्ट बैंक ३.१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।

साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको छ । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए ।

आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख पाँच हजार ७७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
27 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 27 Nov 2024 00:25 UTC
Latest change: 26 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.93
Indian Rupee 
Indian Rupee
84.29
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95
British Pound 
British Pound
0.8
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
153.85
US Dollar 
US Dollar
1
27 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 27 Nov 2024 00:25 UTC
Latest change: 26 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀