विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

internet

म्याग्दी, २८ असार (रासस) । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ ।

आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।

बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो ।

मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ । असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो ।

गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो । तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताउनुभयो । “महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत् आवश्यक पर्छ ।

तीन दिनसम्म कुरेर बस्यौँ”, उहाँले भन्नुभयो “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौँ ।” प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम आउनुभएको थियो ।

दुई जना काम सकेर मुना फर्कनुभएको छ । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहनुभएको छ । आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ ।

अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पु¥याउन र नमिलेको बनाउन समस्या भएको हो ।

ताकममा विद्युत्को वैकल्पिक व्यवस्था भए पनि आइतबारसम्म नियमित इन्टरनेट थिएन । टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भए पनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पु¥याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀