मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बतात्कृत भएको प्रहरीको भनाई छ । बिहान शौच गएकी महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको आफन्त र प्रहरीलाई बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ । कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमि मात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको हुन सक्ने बताइन्छ ।
मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । श्रीमान्ले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् ।
बेलाबखत मजदुरी गर्न जाने भएकाले बिहान अबेरसम्म घर नफर्के पनि ‘छोरी बिहानैदेखि कामतिर गई होला’ भन्ने ठानेर खोजी नगरिएको आमा रेखाले बताइन् । उपचारपछि महिलालाई विराटनगरको एक आश्रयस्थलमा राखिएको प्रहरीले जनाएको छ । ‘पीडितले आफ्नो हातखुट्टा बाँधेर जबर्जस्ती गरेको बताएकी छन्, उनको बयान सुन्दा सामूहिक बलात्कार हो,’ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले भने, ‘थप अनुसन्धान भइरहेको छ, यथार्थ चाँडै सार्वजनिक हुन्छ ।’
भर्खरै
शौच गर्न गएकी महिला बतात्कृत
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं