डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेका हुन् ।
डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार, भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन् । घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ । पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्, श्रेष्ठले भने । स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्।
डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने अवस्था छ । जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ, अहिले नै केही खुलेको छैन, जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने।
१४ वर्षीया किशोरी भट्टराई २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन् । भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि थियो,’ डीएसपी श्रेष्ठले भने, पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन् । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकार गरेको प्रहरीको भनाई छ ।
त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ। मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ,’ डीएसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं