नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे

नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे

arjun banjade

बंशजका आधारमा प्राप्त नागरिकताको नेपाली निरन्तरताको पक्षमा अभियान संचालन भईरहेका बेला एनआरएनए अध्यक्ष अर्जुन बन्जाडे भने गैरआवासीय नेपाली नागरिकताकै वकालत गरिहेका छन् । अहिले बिभिन्न समुहले बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको अभियानमा रहेका बेला एनआरएनए अध्यक्ष बन्जाडे भने बिपक्षमा उभिएका छन् ।

बिभिन्न समुहहरुले प्राप्त गैरआवासीय नागरिकता मात्र नभई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागमा राख्दै सामाजिक संजालमा नागरिकता खोई, नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर अभियान लगायतका कार्यक्रम संचालन गरिरहेका बेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका अध्यक्ष बन्जाडेले भने गैरआवासीय नागरिकताकै वकालत गरेका छन् ।

बिदेशमा रहेका नेपाली नागरिकहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपनि नेपाल जाँदा भिसा लगाउनुपर्ने, घर जग्गा खरिद गर्न नपाउने, बैक खाता खोल्दाका समस्या आउने लगायत अनेकन झमेला बेहोरिरहेको र बंशजका आधारमा प्राप्त भएको नेपाली नागरिकता दिईनुपर्ने माग राखिरहेका बेला उनले भने गैरआवासीय नागरिकताकै पक्षमा उभिएर सामाजिक संजाल फेसबुकमा स्टाट्स समेत लेखेका छन् ।

तर उनकै कार्यसमितिमा रहेका अधिकाशं पदाधिकारी, सदस्य तथा बिभिन्न समितिमा रहेकाहरुले भने नागरिकताको निरन्तरताका लागि पक्षमा उभिएर बहस गरिरहेका छन् । संस्थाका वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य समितिमा रहेकाहरुले भने हाल प्राप्त भएको गैरआवासीय नागरिकता केबल कागचको खोस्टो भएकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने पक्षमा उभिएका छन् ।

पछिल्लो समय नेपाली नागरिकताको निरन्तरताका लागि विश्वभरबाट हस्ताक्षर संकलन गर्ने, नेपालमा बिभिन्न दवाब मुलुक कार्यक्रम गर्ने अभियानहरु संचालन भईरहेका छन् । सम्वद्ध पक्षहरुले गैरआवासीय नेपाली संघ जस्तो गरिमामय पदमा बसेको व्यक्तिले प्रवासमा रहेका नेपालीहरुको मागको बेवास्ता गर्दै अभियव्यक्ति दिनु आफैमा लज्जास्पद भएको बताएका छन् ।

समाजमा हुने हरेक सामाजिक अभियानहरुमा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सकारात्मक भएर साथ दिनुपर्ने धारणा सार्वजनिक भईरहेका छन् । यसो त अध्यक्ष बन्जाडे बाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली नागरिकताकै पक्षमा उभिएर सार्वजनिक धारणाहरु व्यक्त गरिरहेका छन् । जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्टले नेपाली नागरिकताको निरन्तरताका लागि भएका अभियानहरु सफल हुनुपर्ने धारणा राखेका छन् । उनले सार्वजनिक भएका कार्यक्रमहरुमा सहभागि भएर आफ्ना धारणा राखिरहेका छन्, बिष्टले भने, सामाजिक रुपमा संचालन भईरहेका बिभिन्न अभियानलाई आफुले सकारात्मक ढंगमा हेरेको छु ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका अध्यक्ष तथा नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर अभियानका अभियान्ता संजय थापाले आफुहरुले विश्वभरबाट हस्ताक्षर संकनल गरिरहेको र सांकेतिक रुपमा प्राप्त हुने हस्ताक्षर नेपालका प्रधानमन्त्री लगायत बिभिन्न राजनीतिक दलका प्रमुखहरुलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघमा सहभागि हुन आउँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर संकलन सहितको खाका बुझाउने र नेपाली नागरिकताको निरन्तरताका लागि माग राख्ने जानकारी दिए ।

यस्तै नागरिकता खोई अभियानका अभियान्ता बासु घिमिरेले नेपाली नागरिकताको निरन्तरताका लागि आफुहरुले नेपालमा समेत सभा समारोहहरु गर्ने कार्यक्रम रहेको र नागरिकताको निरन्तरता नभए सम्म अभियान जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 18 Sep 2024 20:00 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
141.66up
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 18 Sep 2024 20:00 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀