नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने

नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने

nepali citizinship

नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ सस्थालाईहलाई समेत सक्रिय सहभागि गराई हस्ताक्षर संकलन अभियान संचालन गर्ने जानकारी दिइएको छ । संसारभरबाट संकलन हुने हस्ताक्षर प्रधानमन्त्री लगायत नेपालका बिभिन्न राजनीतिक दलका नेताहरुलाई बुझाउने कार्यक्रम छ ।

बिभिन्न कारणले देश बाहिर रहेका र अन्य मुलुकको नागरिकता लिएकाहरुलाई बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको निरन्तरताका लागि अभियान शुरु गर्न लागिएको जनाइएको छ । अभियानका अभियान्ता संजय थापाले नेपाली नागरिकताको निरन्तरताका लागि साझा अभियान शुरु गरिएको भन्दै सबैलाई जोडिन आग्रह गरेका छन् । थापाले यो अभियान प्रवासमा रहेका नेपालीहरु र नेपालको समृद्धिको साझा अभियान भएकाले सबैको साथ सहयोगका लागि आग्रह समेत गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका महासचिव गौरीराज जोशीले यो साझा अभियान भएकाले एनआरएनए लगायत सबै संघ सस्थाको सक्रिय सहभागिता रहने जनाउँदै, आआफ्नो तर्फबाट नागरिकताको निरन्तरताका लागि अभियानमा जोडिन आग्रह गरेका छन् । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले एक पटकको नेपाली सँधैको नेपाली भएकाले यो अभियानलाई सफल बनाउन विश्वभर रहेका जनसम्पर्क समितिहरु सक्रिय रहने प्रतिवद्धता जनाएका छन् । उनले आफुले नेपाली कांग्रेसका सभापति लगायत सम्वद्ध सबैलाई यस बारेमा कुरा राख्ने जनाएका छन् ।

एनआरएनए आइसीसीका पूर्व सल्लाहकार तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले हाल प्राप्त भएको गैरआवासीय नागरिकताका कानुनी जटिलता फुकाउँदै नागरिकताको निरन्तरताका लागि यो अभियान सार्थक हुने प्रतिकृया दिएका छन् । यस्तै जनप्रगतीशिल मञ्च यूरोप अमेरिका सहसंयोजक नारायण कँडेलले जनप्रगतीशिल मञ्च यो अभियानमा सक्रिय भएर लाग्ने जानकारी दिए ।

यस्तै कानुन व्यवसायी तथा गैरआवासीय नागरिकता बिज्ञ खगेन्द्र जिसीले हाल प्राप्त भएको नागरिकताको कानुनी समस्या समाधानका लागि पनि सबै जना लाग्नुपर्ने जानकारी दिए । उनका अनुसार हाल प्राप्त भएको नागरिकतामा रहेका कानुनी समस्या समाधानका लागि नेपाल सरकारले मन्त्री परिषद बैठकले जटिलता फुकाउनु पर्ने बताए । बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापा, राप्रपाको प्रवास कमिटि पानसका अध्यक्ष प्रेम श्रेष्ठ, पत्रकार अनिल अधिकारी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀