जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Jaya nepal foundation

जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए। आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए । विस्कान्सन राज्यको एप्पलटन शहरमा बसेको बैठकले विगतका कामको समीक्षा गर्दै आगामी दिनमा संगठन बिस्तारको कार्यमा लाग्ने निर्णय गरेको छ।

प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालीहरूको साझा भावनाबाट आफू रहेको समुदाय र नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले संस्थाको स्थापना भएको हुँदा सबैलाई यस उद्देश्य पूर्तिको लागि हातेमालो गर्दै अगाडी बढ्नको लागि संस्थामा जोडिनको लागि प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डा यादव पण्डितले आव्हान गरेका छन् । सदस्यता लिनको लागि संस्थाको वेबपेजमा आफ्नो विवरण भरेर लिन सकिने ब्यबस्था रहेको अध्यक्ष डा पण्डितले बताए ।

बैठकमा विशिष्ट अतिथि तथा एनआरएनए एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीको समेत उपस्थिति थियो । एनआरएन एनसीसी अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल, बोर्ड सदस्य दुर्गा तिवारी, एनसीसी अमेरिकाका निर्वाचन आयुक्त टुकप्रसाद रेग्मी, च्याप्टर अध्यक्ष राजकुमार हमाल, हरिबहादुर अधिकारी तथा पूर्व अध्यक्ष हरिराज खनाल, समाजसेवीहरू हरिहर पौडेल, दिनेश तिवारी, हेमलाल देवकोटा, राजेन्द्रमणी भण्डारी, यमनारायण लामिछाने लगायतको उपस्थिति थियो ।

नेपाल र आफू रहेको समुदाय विकासको लागि विस्कान्सनवासीहरुले जय नेपाल इन्टरनेसनल फाउन्डेसनमा उत्साहपूर्वक जोडिएर यस अभियानलाई अझ व्यापक बनाउन ऊर्जा प्राप्त भएको केन्द्रीय प्रवक्ता लाल काफ्ले बताए।

विस्कान्सन च्याप्टरका महासचिव जीवन भण्डारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष प्रशान्त बन्जाडेले गरेका थिए भने सम्पूर्ण सहभागीलाई उपाध्यक्ष शिव चपाईँले स्वागत गरेका थिए । संस्थाका गतिविधिलाई गति प्रदान गर्नको लागि बद्री नेपालको अध्यक्षतामा नेपाल शाखा स्थापना भै सातै प्रदेश र जिल्ला कमिटीहरू गठन भै कार्य संचालन भइरहेका छन् भने डा नीरज श्रेष्ठको संयोजकत्वमा नलेज नेटवर्क गठन भै वेबिनारहरू संचालन गरिरहेको छ।

आगामी दिनमा यसलाई अझ व्यापक बनाउनको लागि युवा लगायत अन्य विभागहरूको गठन गर्ने तयारी संस्थाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀