प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली

प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली

Pradeep Gywali

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरताका लागि संबिधाननै शंसोधन गर्नुपरे पनि दलहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । आइतवार न्यूजपाली डटकमको आयोजनामा भएको नागरिकताको निरन्तरता बिषयक खुल्ला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै, एमाले उपमहासचिव ज्ञवालीले हाल जारी भएको नागरिकतालाई पूर्णकार्यन्वयन गरेर अगाडि जार्नुपर्ने जनाउँदै राजनीतिक बाहेकका सबै अधिकारका बारेमा आफुहरु स्पष्ट रहेको बताएका छन् ।

हालै गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गैरआवासीय नागरिकताको संशोधनका लागि कार्यदल बनाएर काम भईरहेको जानकारी दिँदै नेता ज्ञवालीले प्रवासमा रहेका नेपालीहरुलाई  आफ्नो नागरिकताको निरन्तरताका लागि सरकारलाई खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

नेता ज्ञवालीले भने, तपाईले र मैले पाउने नागरिकताको एउटा मात्रै फरक हुन्छ त्यो भनेको राजनीतिक अधिकार, नत्र अरु अधिकार फरक हुनु हुन्न्, त्यसका लागि तपाईहरुले पनि खबरदारी गरिरहनुस, हामीले पनि त्यसका लागि आवश्यक पहल गरिरहन्छौं । नेता ज्ञवालीले नागरिकताको निरन्तरताका लागि जे अपेक्षा गर्नु भएको छ, त्यो पाइरहनु भएको छैन्, त्यो नागरिकतालाई चिन्दैन् । कागचको खोस्टो जस्तो भयो भन्ने कुरा मैले बुझेको छु । तर आवेगमा होईन्, पूर्ण समझदारीमा आउनुस हामी तयार छौं ।

नेता भने, ज्ञवालीले कार्यदल बनेको छ, त्यसले काम समेत शुरु गरेको छ । ऐनहरु संशोधन हुँदैछ । सरकारकालाई सुझाव दिनुस, राजनीति बाहेक तपाईले मैले पाउने अधिकार एउटै हुनु पर्छ भन्नेमा छौं । ज्ञवालीले नागरिकताको निरन्तरताका लागि प्रवासमा रहेका नेपालीहरुले सडक आन्दोलन पनि गर्नू नपर्ने, कसैलाई हराउनु नपर्ने बताए ।

संघिय संसदको राज्य व्यवस्था समितिका सभापति तथा नेपाली कांग्रेस नेता रामहरी खतिवडाले आफुले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने बारेमा आफुले प्रयाप्त छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेता खतिवडाले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा संबिधान शंसोधन गर्न सकिने भएकाले अब प्रवासमा रहेका नेपालीहरुले राजनीतिक बाहेकको पूर्ण अधिकार सहितको नागरिकता प्राप्न गर्न सक्ने अवस्था रहेको संकेत गरेका छन् ।नेता खतिवडाले हाल दिईएको गैरआवासीय नागरिकताले अधिकार नदिएको बारे आफु जानकार रहेको र आगामी छलफलहरुमा त्यसलाई पूर्णता दिनका लागि सक्दो काम गर्ने जानकारी समेत दिएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने नागरिकताको निरन्तरता नभए सम्म प्रवासमा रहेका नेपालीहरु लागि रहनु पर्ने बताएका छन् । पूर्व अध्यक्ष लामिछानेले तत्कालिन रुपमा गैरआवासीय नेपाली नागरिकता शुरुवात भएको र यसको पूर्ण कार्यन्यन सहितको नागरिकताको निरन्तरतानै देशको समृद्धीसँग जोडिएको बिषय भएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले बंशजका आधारमा नागरिकताको निरन्तरतानै प्रमुख माग भएकाले त्यसको पूर्ण कार्यन्वयन सम्म आफुहरु लागि रहने बताए । आर्थिक पत्रकार बिजय घिमिरले नागरिकताको निरन्तरताले देशमा आर्थिक बिकास मात्रै नभएर त्यो आवश्यकता भएको बताएका छन् । उनले यदी दलहरुले यसलाई कम्जोरी ठानेमा यसको आन्दोलनको स्वरुप फरक हुने बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले नेपाल सरकारले हाल जारी गरेको नागरिकताले अधिकार नपाएकाले कागचको खोस्टो भएको बताए । भण्डारीले राजनीतिक दलका नेताहरुको बुझाईले समस्या पैदा भएको बताए, उनले भने अहिले बिदेशको नागरिकता लिएका र ग्रिन कार्ड, पिआर लिएकाहरुको हेराई समेत उस्तै देखिने बताए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका अध्यक्ष संजय थापाले आफुहरु पूर्ण अधिकार सहितको नागरिकता नपाए सम्म लडिरहने बताएका छन् । दुई दशक भन्दा बढ्ता समयदेखी आफुहरुले नागरिकताको निरन्तताका लागि लडाई जारी राखेको बताए ।

न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीले संयोजन गरेको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी, गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष प्रभु थापा, प्रवासी नेपाली मञ्चका अमेरिका अध्यक्ष कृष्ण लामिछाने, वरिष्ठ पत्रकार कविर राणा, नागरिकता खोई अभियानका बासु घिमिरे, नेपाली समाज टेक्ससका महासचिव बिजय भुषाल, जय नेपाल फाउण्डेशनका अग्नि चौलागाई, गैरआवासीय नेपाली संघ राष्टिय समन्वय समिति अमेरिकाका युवा संयोजक तेजबिनोद पौडेल लगायतले नागरिकताको निरन्तरताका बिषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀