अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्या बारे पूर्ण विवरण आउन भने बाँकी छ । स्थानिय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । श्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
सोमवार अपरान्ह अपार्टमेण्टको कोठाभित्र शव भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटना बारे जानकारी दिईसकिएको छ । मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिन अघि फोनमा कुराकानी गरेकी थिईन् । मुना परिवारकी एक मात्र सन्तान थिईन् ।
भर्खरै
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं