पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड

पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड

panchakottt

बागलुङको पञ्चकोटमा निर्माणधीन एक सय ५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि सात करोड बढी रकम सङ्कलन भएको छ । पञ्चकोटको अनन्तश्री बह्माण्डीय महायज्ञमा सङ्कलन भएको रकममध्ये सात करोड ९२ लाख रकम बचत भएको हो ।

पछिल्लो समय चर्चित धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटले जल सम्पदा र शालग्राम संरक्षण गर्दै पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आयोजना गरेको बह्माण्डीय महायज्ञमा दिइएको दान, सहयोग तथा चढाइएको भेटी बिकरीबाट गरिएको आम्दानीबाट रकम बचत भएको हो ।

पञ्चकोटमा पञ्चकोटको बार्षिकोत्सवको अवसर पारेर फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री बह्माण्डीय महायज्ञको पञ्चकोट महायत्र मूल आयोजक समितिले सर्वाजनिक गरेको आयव्ययअनुसार पञ्चकोटमा निर्माणाधीन एक सय ५१ फिट अग्लो ‘विश्व शान्ति कलश’ निर्माणमा बचत भएको रकम खर्चने जनाएको छ । कल निर्माणका लागि मात्रै ६० करोड लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महायज्ञमा १२ करोड १५ लाख ५५ हजार नौ सय ७४ सङ्कलन भएको थियो भने महायज्ञ अवधिभरमा चार करोड २२ लाख ५७ हजार चार सय ९८ खर्च भएको भएको महायज्ञ मूल आयोजक समितिका सदस्य तथा गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। उनका अनुसार महायज्ञको कूल खर्च कटाएर सात करोड ९२ लाख ९८ हजार चार सय ५० बचत भएको जानकारी दिए ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर श्री १००८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा सञ्चालित महायज्ञबाट सङ्कलित रकम सर्वसिद्धिधाम पञ्चकोटको गुरुयोजनाअनुरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए । कलशको जमिनभित्र ४० फिट र जमिनमाथि एक तला संरचना तयार भइसकेको छ । कलशले पूर्णता पाउँदा उक्त संरचना १० तलाको हुनेछ ।

पञ्चकोटमा हालसम्म ५० करोडभन्दा बढीको भौतिक पूर्वाधार निर्माण भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्रीले जानकारी दिए । पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले पञ्चकोटमा धेरै देवीदेवताको मन्दिरका साथै, सभाहल निर्माण सम्पन्न भइसकेको बताए ।

पञ्चकोटमा सिसमहल, सत्सङ भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, गण्डकी माताको मन्दिर, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायतका निर्माणका काम सम्पन्न भइसकेका छन् भने महायज्ञकै अवसरमा पाँच हजार पाँच सय ५५ केजी रहेको नेपालकै सबैभन्दा ठूलो महाघण्ट स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀