नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन । पार्टीको कीर्तिपुर नगर कमिटीको सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताए । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ”, उनले भने ।
महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताए । यसैगरी उनले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा व्यक्त गरेका छन । यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा उनको छ ।
एमाले केन्द्रीय सदस्य एवं कीर्तिपुर नगर इन्चार्ज सुरेन्द्र मानन्धरले आन्तरिक कमजोरीका कारण स्थानीय सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपरेको कुराबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं