केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्  : मन्त्री गिरी

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्  : मन्त्री गिरी

padam giri
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन ।  पर्वतको लुंखुदेउरालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताए ।
उनले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने जनाएका छन। मन्त्री गिरीले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गरे । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताए ।
गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गरे । अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उनको भनाई छ ।
विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारण मुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उनको भनाइ छ । मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी समेत गरेका छन । उनले लामो समयदेखि विचाराधीन रहेका विधेयक यो सरकारले आवश्यक प्रक्रिया पूरा गरी धमाधम संसद्मा पेश गर्ने र पारित गर्ने बताए ।
मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको जनाए । ठूलो योजना सङ्घीय सरकारबाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहबाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उनको भनाइ छ ।
आफूलाई दुई/दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उनको भनाइ छ । उनले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गरे । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उनले आग्रह गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀