लोकजीवनका भाका सुसेल्ने वसन्त

लोकजीवनका भाका सुसेल्ने वसन्त

लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल

basanta thapa
  • रामबहादुर थापा/रासस

माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्छन र गीतमा प्राण भर्छन । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा ।

उनको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् । थापाले भने, “मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु । खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।”

सङ्गीतकर्ममा दुई दशक बिताएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित छन । अहिले ४० वर्षका उनि नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिएका छन । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय छन । ठेट लय र शब्दमा जब उनको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उनमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उनको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उनले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गरेका छन । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उनि उही धर्ती, आँगन र पाखापखेरुमा पुग्छन । जहाँ उनि जन्मिए, हुर्किए र गीत गुन्गुनाउन सिके ।

विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्थे होला र ? ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै । देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उनि नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिन्छन । गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उनको उद्देश्य छ ।

“लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ”, थापाले भने, “हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ । लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।” उनले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताए । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थालेका थिए । ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल भएका छन ।

उनको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको/सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिएका छन ।

चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली !’ गीतमा पनि उनको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया !’ मा उनकै सङ्गीत छ । गीतकार राम थापाको शब्द रहेको गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो ।

“गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो”, थापाले विगत सम्झँदै भने, “म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता/दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।”

लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उनि पर्छन । अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाएका हुन । “सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पुरायो, उनले भने, “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।”

“सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ”, थापाले भने । समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उनि पोख्त छन । “लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्”, उनले भने, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो । अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।”

थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको जानकारी दिए । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उनको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्छन । उनि गीत रचनामा पनि सिद्धहस्त मानिन्छन् । लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उनले आफैँ लेखे, सङ्गीत भरे र गाएपनि । उनलाई गीतमा विष्णु माझीदेखि देवी घर्ती सम्मका चर्चित गायिकाले साथ दिएका छन ।

नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गरेका छन । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाएका उनले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिएका छन । पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ ।

पञ्चेबाजा गीत सृजना गर्दा उनि आफ्नै भूगोलतिर फर्किएका छन । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ । सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उनलाई दिइन्छ । उनले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् ।

‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्छन । यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ ।

विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन । उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उनको विश्वास छ । श्रोता/दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो । विसं २०६८ मा थापाले सङ्गीत दिएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए ।

मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म सातसय बढी गीतमा सङ्गीत र दुई सय बढीमा स्वर दिएका छन । ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उनले प्रशंसा बटुले । थापा साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारत लगायत देशमा पुगिसकेका छन । उनि इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मान लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू
राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान
कास्की हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀