बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछभने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद ३५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चानका लागि ७७ लाख ६० हजार आम्दानी र ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । रासस
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं