प्रहरीको प्रारम्भिक अनुसन्धानले अमेरिकाको ओहायो राज्यमा बस्दै आएका एक नेपालीभाषी भुटानी पुरुषले आफ्नी श्रीमति हत्या गरेको आरोप लागेको छ । गत हप्ता बुधवारदेखी बेपत्ता भनिएकी अमेरिकाको ओहायो राज्यमा बस्दै आएकी चन्द्रमाया पौडेल रिमालको स्थानिय समय अनुसार मंगलबार बिहान शव फेला परेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा चन्द्रमायाको हत्या उनका पति जेम्स रिमालले गरेको हुन सक्ने भन्दै प्रहरीले रिमाललाई हत्या अभियोगमा पक्राउ गरेको छ ।
चन्द्रमाया र उनका पति जेम्स दुवैजना नेपालीभाषी भुटानी भएको र शरणार्थीका रुपमा अमेरिका आएको जनाइएको छ । प्रहरीले ३३ बर्षीय चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान स्थानिय मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको पुष्टि गरेको छ ।
चन्द्रमाया गत बुधबार बिहानदेखी बेपत्ता भएको भन्दै उनकै श्रीमान रिमालले प्रहरीमा रिर्पोट गरेका थिए । ३३ बर्षीय जेम्सले यसै महिनाको २१ तारिख बुधवार श्रीमति बेपत्ता भएको रिर्पोट प्रहरीलाई गरेका थिए । स्थानिय प्रहरीले चन्द्रमायाको शव जंगलमा फेला पारेपछि प्रारम्भिक अनुसन्धानका आधारमा उनका श्रीमान जेम्सलाई हत्या अभियोगमा पक्राउ गरेको हो । रिमालविरुद्ध हत्या गरेको, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायतका अभियोग लागेको छ ।
प्रहरी अधिकारीले चन्द्रमायाको मृत्यु बारे गहिरो अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । अमेरिकामा रहेको नेपालीभाषी समुदाय चन्द्रमायाको हत्या श्रीमानबाट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानपछि शोकमा छ ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं